भारतीय जनता पार्टीले दार्जीलिङबाट ‘हेभिवेट’ नेतालाई चुनावी मैदानमा उतार्ने; भाजपा अध्यक्ष अमित शाहको नाउँ समेत आयो अघि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 20, 2019

भारतीय जनता पार्टीले दार्जीलिङबाट ‘हेभिवेट’ नेतालाई चुनावी मैदानमा उतार्ने; भाजपा अध्यक्ष अमित शाहको नाउँ समेत आयो अघि

गफसफ-विशेष, कालेबुङ 21 मार्च 
भारतीय जनता पार्टीले तृणमूल कङ्ग्रेस प्रार्थी अमरसिँह राईलाई पराजित गरेर विगत दशवर्षदेखि आफ्नो कब्जामा रहेको दार्जीलिङ लोकसभा आसनमा पुन: कब्जा जमाउन कुनै बाँकी नराख्ने पार्टीले रणनीति बनाएको छ। यस्तो अवस्थामा तृणमूल प्रार्थीलाई टक्कर दिन यसपल्ट पनि भाजपाले अघिका जस्तै हेभिवेटनेतालाई नै टिकट दिएर दार्जीलिङ लोकसभा आसनमा भित्राउने निर्णय गरेको भाजपा पार्टी सूत्रले बताएको छ।
भाजपाको सम्भावित प्रार्थीहरू क्रमैले – अमित शाह, अरूण जेटली अनि सतपाल जी महाराज
लोकसभा चुनाव 2019 को बिगुल बजेपछि दार्जीलिङ लोकसभा आसनबाट तृणमूल कङ्ग्रेसले अघिबाटै गोजमुमो (विनय समुह) सँग मिलेर अमर सिँह राईलाई चुनावी मैदानमा उतारेको छ भने माकपाले समन पाठक, कङ्ग्रेस पार्टीले शंकर मालाकर, गल्फबाट ऋषिका छेत्रीलाई चुनावी मैदानमा प्रार्थीको नाउँ घोषणा गरिसकेको छ।  यता भाजपाले भने आज बेलुकीसम्म प्रार्थीको नाउँ घोषणा गर्ने सम्भावना रहेको छ।
भाजपाको सम्भावित प्रार्थीहरू क्रमैले –जर्ज बेकार, स्मृती ईरानी, गोबिन्द अनि सुब्रमण्यम स्वामी
यस्तो अवस्थामा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) र गोर्खा जनमुक्ति मोर्च (विमल समुह) ले जातिको हितमा भन्दै कट्टर दुश्मनीलाई भुलेर लोकसभा चुनावकै निम्ति हात मिलाएर भारतीय जनता पार्टीलाई समर्थनको घोषणा गरिसकेको छ। गोरामुमो र गोजमुमो (विमल समुह) को समर्थन पाएपछि भाजपाले अब दार्जीलिङ आसनबाट कसलाई प्रार्थीको रूपमा उतार्ने हुन् त्यो हेर्न बाँकी रहेको छ भने भाजपाले उतार्ने ‘हेभिवेट’ नेताको प्रभाव कतिसम्म पर्ने हुन् त्यो पनि पछिबाटै थाह लाग्नेछ।
हालमा दार्जीलिङ लोकसभा आसनबाट भाजपा प्रार्थीको सूचीमा अघिबाटै चर्चामा रहेको सतपाल जी महाराजको नाउँ अझसम्म चर्चामा नै रहेको छ भने उनीसँगै जर्ज बेकार, गोबिन्द आदिको नाउँहरू पनि अघि आइरहेको छ। यस्तो अवस्थामा अहिलेका सांसद एस.एस आहलुवालीया पनि टिकटको दौडमा कुदीरहेका नै छन्। यद्यपि यसपल्ट एस.एस आहलुवालीयाको नाउँ भने काटिने भाजपा सूत्रको भनाइ रहेको छ।
भाजपालाई गोजमुमो पार्टीका भूमिगत नेता विमल गुरुङले पनि एकाधिक नाउँहरू सुझाव दिएका छन् भने विमल गुरुङ गुटसँग हात मिलाउने गोरामुमो पार्टीले पनि प्रार्थीको नाउँहरू सुझाव दिएका छन्। विशेष गरेर यसपल्ट दार्जीलिङ लोकसभा आसनमा भूमीपुत्र प्रार्थी हुनपर्छ भन्ने मानिसहरूले माग गर्दै आइरहेका छन् भने भूमिपुत्र प्रार्थीहरूको सूचीमा गोजमुमो विमल गुटबाट स्वाराज थापा, रोशन गिरी, कल्याण देवान आदिको नाउँ रहेको छ भने गोरामुमो पार्टीबाट भने निरज जिम्बाको नाउँ नै भूमीपुत्रको प्रस्तावामा परेको सूत्रले बताएका छन्। यद्यपी भाजपाले भने भूमीपुत्रको प्रस्तावलाई अस्वीकार गर्दै पार्टीले आफ्नै पक्षबाट उम्मेद्वार खडा गर्ने निर्णय लिएको पनि सूत्रले बताएका छन्।
गोजमुमो (विनय समुह) समर्थित तृणमूल कङ्ग्रेस पार्टीका प्रार्थी अमरसिँह राईलाई चुनावी मैदानमा टक्कर दिन भाजपाले यसपल्ट हेबिवेट नेताहरूको सूचीको पहिलो पंक्तिमा सतपाल जी महाराजकै नाउँ अघि सारेको छ। यसका साथै भाजपाले दशवर्षदेखि आफ्नो कब्जामा रहेको दार्जीलिङ आसनमा आफ्नो पकड बनाएर राख्न भाजपा अध्यक्ष अमित शाह, अरूण जेटली, जर्ज बेकार, स्मृती ईरानी, सुब्रमण्यम स्वामी, फिल्म स्टार गोबिन्द आदिलाई पनि प्रार्थी बनाउने योजना बनाएको भाजपा पार्टी सूत्रले बताएका छन्। यसमध्ये भाजपा यी नाउँहरूबारे भूमिगत नेता विमल गुरुङसँग पनि चर्चा गरेका छन् भने गुरुङकै परामर्शपछि ती नाउँहरू मध्ये एकजनालाई तय गर्ने भाजपा सूत्रको भनाई रहेको छ।

1 comment:

  1. its a good news but i think Govinda is best from darjeeling because he is already papular n he is experience in political all the darjeeling people loves govinda so it will be easy to win vote for bjp

    ReplyDelete

Post Bottom Ad