गोरामुमो अनि गोजमुमो (विमल गुट)-को मिलापपछि 50 घर गोरामुमो समर्थकहरूले त्यागे पार्टी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 21, 2019

गोरामुमो अनि गोजमुमो (विमल गुट)-को मिलापपछि 50 घर गोरामुमो समर्थकहरूले त्यागे पार्टी

गफसफ.com, दार्जीलिङ 21 मार्च।
गोरामुमो पोखरेबुङ-नागरी समष्टक्षेत्रका लगभग 50 जना कर्मठ गोरामुमो समर्थकहरूले पार्टीसित सिद्धान्त नमिलेको तथा आफूहरूको महत्व नराखेको गुनासो गर्दै गोजमुमोमा सामेल भएका छन्। आज दार्जीलिङमा गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको उपस्थितिमा उक्त समर्थकहरूले गोजमुमोको झण्डा ग्रहण गरेका छन्।

2007 देखि हालसम्म हामी कट्टर गोरामुमो भएर बस्यौ।कति समस्याहरू आए, धम्कीहरू आए। हामीलाई ज्यान-मालको धम्की दिइयो, तर हामीले कहिल्यै पार्टी छोड़ेनौं। तर यत्रो सालसम्म गोरामुमोमा बसेका पार्टी कार्यकर्ताहरूलाई केही नसोधी जसले हाम्रो घर जलायो, मान्छे खेदयो, हरियो झण्डा सखाप पारयो, त्यही मान्छेसित नै हात मिलाएर आफ्नो दुनो सोझ्याउने काम गर्छ भने अब पार्टीमा हाम्रो के महत्व रह्यो र?  यहाँ आएर हाम्रो सिद्धान्त जीएनएलएफसंग मिलेन र नै हामीले पार्टी र मन घिसिङको हात छोड़ेर विनय तामाङ अनि अनित थापाको साथ दिन आएका हौं, गोरामुमो छोड़ी गोजमुमोमा सामेल हुनुको कारणहरू बताउँदै अश्विन स्याङ्जदेनले यसो भने।अश्विन स्याङ्देन नेपाली संगीतक्षेत्रका प्रख्यात कलाकार विनोद स्याङदेनका छोरा हुन् जसको घर विगत आन्दोलनको क्रममा गोजमुमो समर्थकहरूले जलाइदिएका थिए।आफूले पार्टीको निम्ति सर्वस्व सुम्पेर कार्य गरेको भएतापनि आफूहरूको इच्छाविपरीत गोरामुमो नेतृत्वहरूले कार्य गरेको कारण नै आफूहरूले गोरामुमो त्यागेको पनि उनले बताए। आज 50 जनाले गोजमुमोको झण्डा ग्रहण गरेको भएतापनि भविष्यमा अन्य गोरामुमो समर्थकहरू पनि गोजमुमोमा सामेल हुने पनि स्याङदेनले बताए।
नयाँ समर्थकहरूलाई गोजमुमोको झण्डा प्रदान गरेपछि गोजमुमो अध्यक्ष विनय तामाङले उक्त समर्थकहरू सुवास घिसिङको समयदेखि नै गोरामुमोमा रहिआएका उक्त कार्यकर्ताहरूले वर्तमानका गोरामुमोका नेताहरूको कार्यप्रणाली मन नपराएको कारणले गोजमुमोमा सामेल भएको बताउँदै स्वागत पनि जनाए।गोजमुमोले अबउसो उक्त नयाँ समर्थकहरूलाई समेटेर क्षेत्रको विकास अनि व्यवस्थापनको दिशामा पनि गोजमुमोले कार्य गरिदिने पनि तामाङले बताए।

1 comment:

Post Bottom Ad