अमरसिँह राईको चुनावी प्रचारमा मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङमा जनसभा गर्ने; विनय तामाङले भने –‘भाजपाले 10 वर्ष पहाडवासीलाई बोरामा सुतायो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 19, 2019

अमरसिँह राईको चुनावी प्रचारमा मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङमा जनसभा गर्ने; विनय तामाङले भने –‘भाजपाले 10 वर्ष पहाडवासीलाई बोरामा सुतायो’

गफसफ.com, दार्जीलिङ, 19 मार्च
दार्जीलिङ लोकसभा आसनबाट चुनावी मैदानमा ओर्लिएका गोजमुमो समर्थित तृणमूल कङ्ग्रेस प्रार्थीको चुनाव प्रचारमा राज्यकी मुख्यमन्त्री आफै आउने भएकी छन्। आगामी 10 अप्रेलका दिन दार्जीलिङको मोटर स्ट्याण्डमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले अमरसिँह राईको पक्षमा चुनावी जनसभालाई सम्बोधन गर्ने भएकी छन्। यसक्रममा विनय तामाङले उक्त जनसभामा पहाडका जनतालाई व्यापकरूपले सहभागी बन्ने अपिल गरेका छन्।
‘भारतीय जनता पार्टीले दार्जीलिङ पहाडका जनतालाई जसरी 10 वर्ष बोरामा सुताए, त्यसरी नै यसपालीको चुनाउमा भाजपालाई दार्जीलिङ पहाड अनि समतलका जनताले बोरामा सुताउनेछन्’ उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले भनेका हुन्।
उनले दार्जीलिङको लेबोङ स्थित गोर्खा स्टेडियममा आयोजित गोजमुमो समर्थित तृणमूल कङ्ग्रेस प्रार्थी अमरसिँह राईको चुनावी कर्मीसभालाई सम्बोधन गर्दै उत्तर प्रदेशमा समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले एक बनेर एउटा नयाँ राजनैतिक उदाहरण पेश गरिसकेको बताउँदै दार्जीलिङ पहाड वा दार्जीलिङ लोकसभा आसनमा गोजमुमो र तृणमूल कङ्ग्रेसले अर्को राजनैतिक उदाहरण प्रस्तुत गरेको बताए। यस गठबन्धनलाई राज्यका मन्त्री वा तृणमूल कङ्ग्रेसका शीर्ष नेता अरूप विश्‍वासले विकास र पहाडको गठबन्धन रहेको बताए।
यसैबीच, गोजमुमो अध्यक्ष तामाङले सभालाई सम्बोधन गर्दै अझै अघि भने-दार्जीलिङ पहाडले विगत धेरै वर्षदेखि गुमाइरहेको लोकसभाको आसन यसपालीदेखि पहाडकै हातमा आएको छ। यसको लागि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई हामी धन्यवाद दिन्छौं। राज्यकी मुख्यमन्त्रीले दार्जीलिङ आसनबाट लोकसभा चुनाउको लागि उम्मेद्वार घोषणा गर्नअघि भनेकी थिइन्, दार्जीलिङ गोर्खाको हो र यस आसनमा गोर्खा उम्मेद्वार नै उठ्नुपर्छ। यसको लागि उनले 3 जना उम्मेद्वारको नाम उनलाई पठाउने तामाङलाई निर्देश दिएकी थिइन्, जसमध्ये अमरसिंह राईको नाम तृणमूल कङ्ग्रेस नेतृले चयन गरेको पनि तामाङले जानकारी गराए।
उनले दार्जीलिङ लोकसभा आसनमा तृणमूल कङ्ग्रेस-गोजमुमो उम्मेद्वारको प्रतिद्वन्दिता कसैले गर्न नसक्ने दावी गर्दै गोरामुमो र विमल गुरूङपन्थी गोजमुमोले दार्जीलिङ आसनबाट भाजपा उम्मेद्वार खडा गरे, फोरफिट बनाएर पठाउने उनले जनताअघि अपील गरे।
आजको यस सभामा गोजमुमो अध्यक्ष विनय तामाङले विमल गुरूङ, भाजपा, साझा उम्मेद्वार भन्ने पार्टीहरूमाथि विशेष कटाक्ष प्रहार गर्दै भाजपालाई हराउनको लागि उनले हरसम्भव प्रयास गर्ने पनि बताए। यसक्रममा उनले आगामी दिनमा भाजपाको विरोधमा उनले अलिपुरद्वार, कुचबिहार, जलपाइगढीका साथै मालदामा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित चुनाउ प्रचार अभियान चलाउने योजना बनाएको पनि जानकारी गराए। यसका साथै गोजमुमो समर्थित गोजमुमो उम्मेद्वार अमरसिंह राईले आगामी 23 मार्चको दिन आफ्नो मनोनयन पत्र जमा गर्ने योजना बनाएको पनि तामाङले जानकारी गराएका छन्।
यसरी नै गोजमुमो महासचिव अनित थापाले यसपाली भाजपाका उम्मेद्वारलाई सुकुनामा नै चेक पोष्ट लगाएर रोक्नुपर्ने पनि चेताउनी दिए। उनले भने-अब गोर्खा जातिले मनको होइन, दिमागको सुन्नुपर्छ। किनभने, तृणमूल कङ्ग्रेस कहिले पनि गोर्खा विरोधी थिएन, यो अमरसिंह राईलाई आफ्नो उम्मेद्वार बनाएर प्रमाणित गरेको छ।

1 comment:

  1. chor haruko group sala ek no ko gaddar chor harami to chutiya harulai kosaile ni vite dine xaina chutia tmc chor gaddar party anti ghorkhaland part thooo kaaa sala

    ReplyDelete

Post Bottom Ad