भाजपाको च्याप्टर क्लोज्ड : अब प्योर गोर्खा म्यान्डेट खोज्नुपर्ने बाध्यता पनि अवसर पनि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, February 13, 2019

भाजपाको च्याप्टर क्लोज्ड : अब प्योर गोर्खा म्यान्डेट खोज्नुपर्ने बाध्यता पनि अवसर पनि

विचार/राजनीति_______________________ सुवास सोताङ, कालेबुङ

आशा नभएपनि बजेट सेसनको अन्तिम क्षणसम्म गोर्खाहरूले टुलुटुलु हेरिरहे भाजपालाई। अहँ गोर्खाहरूप्रति संवेदनशील बनेर बौरिएन भाजपा। अब मऱ्यो भाजपा गोर्खाहरूको निम्ति।
अब दार्जीलिङका गोर्खाहरूले आफ्नै बलबुतामा उभिनुबाहेक अर्को उपाय छैन। राष्ट्रिय पार्टीहरूबाट धोका, धोका केवल धोकाबाहेक केही पाएनौँ। अब गोर्खाहरूले राज्यको तृणमूल र केन्द्रको भाजपाविरुद्ध गोर्खाल्याण्डपन्थी आफ्नै साझा उम्मेदवार खडा गर्नैपर्छ।

वास्तवमा काङ्ग्रेस होस् कि भाजपा होस्, हामीले राष्ट्रिय पार्टीका उम्मेदवारलाई सघाउने हुँदा दार्जीलिङबाट कहिल्यै पनि गोर्खाल्याण्डपन्थी पूर्ण सांसदलाई दिल्ली पठाउन पाएका छैनौँ। अहिलेसम्म दार्जीलिङबाट जो -जो उम्मेदवारले जितेर दिल्ली गए ती सबैको जीतमा आधा गोर्खाल्याण्डविरोधी भोटको हिस्सा थियो। हामीले अहिलेसम्म पटकपटक आधा एमपीलाई मात्र दिल्ली पठायौँ। उसित गोर्खाल्याण्ड माग्ने नियत त थियो कि थिएन, तर वास्तवमा उसित गोर्खाल्याण्ड माग्ने पूर्ण म्यान्डेट नै थिएन। यो हाम्रै कमजोरी कि बाध्यता कि स्वार्थ थियो। 
तर अब हामी यसपल्ट जबरजस्ती भएपनि आफ्नै बलबुतामा उभिनुपर्ने निर्णायक घडी छ। यो गम्भीर चुनौती तर मलाई कताकता स्वर्ण अवसर पनि लागिरहेछ। यदि साच्चै नै दार्जीलिङका गोर्खाल्याण्डपन्थी दलहरूले जवाबदेही भएर एकजना योग्य साझा उम्मेदवारलाई उठाएर जम्मै गोर्खा भोटलाई कन्सोलिडेट गर्न सके विजय निश्चित छ।
गोर्खाल्याण्डविरोधी भोट तृणमूल, भाजपा, काङ्ग्रेस र माकपामाझ विभाजित हुने हुँदा यदि गोर्खाल्याण्ड पक्षको भोटलाई एकीकृत गर्न सकिए इतिहासमा पहिलोपल्ट हामी हाम्रो गोर्खाल्याण्डपन्थी पूर्ण सांसदलाई जिताउन सक्छौँ। गोर्खाल्याण्डको पूर्ण म्यान्डेट बोकेको एमपी दिल्ली पठाउन सक्छौँ। यो हाम्रो गोर्खाहरूको साझा विजय हुनेछ, गोर्खा स्वाभिमानको विजय हुनेछ र हुनेछ गोर्खाल्याण्डको निख्लम म्यान्डेट पनि।

1 comment:

Post Bottom Ad