राजधानी दिल्लीमा गोर्खा वेलफेयर सेन्टरको शिल्यान्यास; मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्- ‘गोर्खा भाइबहिनीहरूले धेरै सुविधा पाउनेछन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, February 13, 2019

राजधानी दिल्लीमा गोर्खा वेलफेयर सेन्टरको शिल्यान्यास; मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्- ‘गोर्खा भाइबहिनीहरूले धेरै सुविधा पाउनेछन्’

गफसफ.com, नयाँ दिल्ली, 13 फरवरी।
नयाँ दिल्लीको साकेटमा गोर्खा वेल्फेयर सेन्टरको शिल्यान्यास गरिएको छ। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दिल्लीको साकेटमा निर्माण हुने गोर्खा वेलफेयर सेन्टरको आज एक कार्यक्रम आयोजना गरेर शिल्यान्यास गरेकी हुन्।  जीटीए बोर्ड अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापाको विशेष उपस्थितिमा मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट उक्त गोर्खा वेलफेयर सेन्टरको शिल्यान्यास गरिएको हो।

नयाँ दिल्लीको साकेटमा दागोपापको समयमा नै जमीन लिइए पनि उक्त जमीनमा कुनै पनि निर्माण कार्य नभएको कारण पछिबाट उक्त जमीन दखल गर्ने कार्य भएको थियो। उक्त जमीनमा जीटीएको गठन पछि पनि कुनै निर्माण कार्य भएको थिएन भने केहि समय यता भने त्यहाँ अवैध रूपले कब्जा गर्नेहरूलाई न्यायालयको आदेशपछि जीटीए प्रशासनले दिल्ली सरकारको सहयोगमा अवैध कब्जा गर्नेहरूलाई हटाउने कार्य गरेको थियो।
उक्त जमीनमा नै जीटीएले गोर्खा वेलफेयर सेन्टर निर्माण गर्ने भएको हो। जसको आज औपचरिक कार्यक्र आयोजना गरेर मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट शिल्यान्यास गरिएको हो। उक्त गोर्खा वेलफेयर सेन्टरको निर्माणले दिल्लीमा गोर्खाहरूलाई धेरै सुविधा पुग्ने अपेक्षा गरिएको छ।

यस अवसरमा उक्त कार्य क्रमलाई सम्बोधन गर्दै जीटीए अध्यक्ष विनय तामाङले नयाँ दिल्लीको महत्वपूर्ण ठाउँमा अवस्थित साकेटमा गोर्खा वेलफेयर सेन्टर निर्माणले गोर्खाहरूलाई धेरै लाभ पुग्ने बताएका छन्। ‘साकेटको जमीन लगभग 18 वर्ष अघि दागोपापलाई दिइएको थियो, जुन जमीन दागोपाप अनि पछि जीटीए गठन भएर पनि ध्यान नदिँदा जमीन माफियाहरूले यसलाई कब्जा गरेको थियो। हामीले आज यसै ठाउँमा गोर्खा वेलफेयर सेन्टर निर्माण गर्न लागेका छौँ। जसले सम्पूर्ण गोर्खाहरूलाई धेरै फाइदा पुग्नेछ’ विनय तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै भने।
उनले दिल्लीको सब्दरजङमा अघिबाटै गोर्खा भवन अवस्थित भए पनि उक्त गोर्खा भवन सबैका निम्ति पर्याप्त नभएको कार्य सम्पूर्ण बिरामी, विद्यार्थीवर्ग साथै अन्यलाई ध्यानमा राखेर उक्त गोर्खा वेलफेयर सेन्टर निर्माणको पहल गरेको जानकारी गराए।
‘20 हजार 8 सय 20 वर्गफुटमा निर्माण हुने यो भवन चार तल्लाको हुनेछ अनि यसमा मोठ 32 वट कोठा रहनेछ। मोठ 20 करोड रूपियाँको लागतमा निर्माण हुने यस गोर्खा वेलफेयर सेन्टर आगामी 2021 सम्ममा सञ्चालनमा ल्याउने उद्देश्य राखेका छौँ। यो निर्माणपछि दार्जीलिङ पहाड, तराई- डुवर्स लगायत अन्य ठाउँहरूबाट आउने गोर्खाहरूलाई सुविधा हुनेकुरामा हामी विश्वस्त छौँ’ विनय तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै भने।
उनले दिल्लीको साकेटमा निर्माण हुने गोर्खा वेलफेयर सेन्टरको शिल्यान्यास हुनु महत्वपूर्ण र ऐतिहासिक कार्य हो भन्दै उक्त कार्यको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद पनि दिएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीकै सहयोगको कारण उक्त कार्य सम्भव रहेको भन्दै सम्पूर्ण गोर्खाहरूको पक्षबाट उनले धन्यवाद दिएका छन्।
यसैक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै दिल्लीमा गोर्खा वेलफेयर सेन्ट निर्माण कार्यको निम्ति जीटीए प्रशासनलाई बधाई दिँदै खुशी व्यक्त गरिन्। उनले उक्त गोर्खा वेलफेयर सेन्टर निर्माणले देशको राजधानीमा सबैका निम्ति सुविधा हुने भन्दै यो एउटा ठूलो उपलब्धी हो भनिन्। उनले उक्त गोर्खा वेलफेयर सेन्टरमा सम्पूर्ण सुविधाको व्यवस्था हुने पनि बताएका छन्।
‘देशको राजधानी दिल्लीमा गोर्खा वेलफेयर सेन्टरको निर्माणको सम्पूर्ण मेरा गोर्खा भाइबहिनीहरूलाई भविष्यमा धेरै सुविधा हुनेछ। यो महत कार्यको निम्ति जीटी प्रशासन बधाईका पात्र छन्’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्।

1 comment:

Post Bottom Ad