मेघालयका विधायक किम्फा मार्बानियाङले गोर्खाहरूले भने –“नेपाल जा”, विनय तामाङले जनाएको विरोध भने – ‘माफी नगागे न्यायालय लानेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, February 17, 2019

मेघालयका विधायक किम्फा मार्बानियाङले गोर्खाहरूले भने –“नेपाल जा”, विनय तामाङले जनाएको विरोध भने – ‘माफी नगागे न्यायालय लानेछौँ’

गफसफ.com,दार्जीलिङ 17 फरवरी।
मेघालयको लाङपीमा उक्त क्षेत्रका विधायक किम्फा मार्बनियाङले उक्त क्षेत्रका गोर्खा युवाहरूलाई धम्कीपूर्ण भाषाको प्रयोग गर्दै नेपाल जाभनेर लाञ्छना अनि तिरस्कारपूर्ण व्यवहार गरेको भीडियो हालमा विभिन्न सामाजिक सञ्जालहरूमा फैलिरहेको छ। उक्त भिडियो समाजिक सञ्जालमा भाइरल बनेपछि यता गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आरोपी विधायकले माफी माग्नुपर्ने माग गरेका छन्। यदि आरोपी विधायकले गोर्खाहरूसँग माफी नमागे न्यायालय जाने चेतावनी पनि दिएका छन्।
BInay Tamang -File Photo
सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भीडियोमा स्थानीय गोर्खा युवाहरूले हामी भारतीय गोर्खा हौं लाङ्पीको उक्त क्षेत्र नेपालको हैन आसामको हो। तपाईले हामीलाई लाङपी छोड़्ने धम्की दिनसक्नु हुन्न, हामी नेपाली होइनौं, गोर्खा हौं। तपाई हामीलाई किन नेपाली भन्नुहुन्छ? यो आसाम हो अनि हामी गोर्खा हौंभन्दै विधायकलाई जवाब दिइरहेको पनि पाइन्छ।
‘विधायक किम्फा मार्बनियाङको गोर्खाहरूप्रतिको उक्त तिरस्कारपूर्ण एवं गैर-जिम्मेवारपूर्ण वक्तव्यको हामी घोर विरोध गर्दछौं। देशप्रति निष्ठा, भक्ति अनि इमान्दारिता राख्ने भारतीय गोर्खाहरूप्रति यति गैर-जिम्मेवारपूर्ण धम्की दिनु उनलाई कदापि सुहाउँदैन, यसैले लाङपी, मेघालय अनि आसामक्षेत्रहरूमा सैयौं वर्षदेखि बसोबासो गर्दै आइरहेको ती गोर्खाहरूसितै समग्र भारतभरिका गोर्खाहरूलाई माफ माग्दै विधायक किम्फा मार्बनियाङले आफ्नो उक्त वक्तव्य तुरून्तै फिर्ता लिनुपर्ने हामी माग गर्दछौं’ विनय तामाङले भनेका छन्।
मेघालयका गोर्खाहरूको त्यहाँका अन्य रैथानेहरूको जत्तिकै योगदान रहिआएको भन्दै त्यहाँका गोर्खाहरूलाई पनि अन्य नागरिकहरूलाई जत्तिकै उनीहरूलाई अधिकार रहेको उनले बताएका छन्। ‘एकजना विधायकले भारतको सम्विधानभन्दा माथि उक्लिएर गोर्खाहरूलाई नेपालको नागरिक बताउँदै नेपाल जा भन्ने कुनै नैतिक अधिकार रहेको छैन। गोर्खा जनमुक्ति मोर्चा सम्पूर्ण भारतेली गोर्खाहरूको पक्षमा विधायक किम्फा मार्बनियाङको उक्त धम्कीपूर्ण वक्तव्यको घोर प्रतिवाद जनाउँदै तुरून्तै आफ्नो वक्तव्य फिर्ता लिनुपर्ने माग गर्दछ। यसो नगरिएको खण्डमा देशभरिका गोर्खाहरू उनको विरोधमा सड़कमा उक्लिनेछ’ विनय तामाङले भनेका छन्।
उनले गोर्खाहरू भारत भूमिमा स्वतन्त्र भारतको निर्माण हुन अघिदेखि नै बसोवास गर्दै आएको पनि दाबी गरेका छन्। ‘भारत मातालाई आफ्नो मातृभूमि सम्झिएर स्वाधीनता धेरै गोर्खाहरूले रगतको बलिदान दिएका छन्। देशको सुरक्षाको निम्ति हरेक सीमाक्षेत्रमा अहिले पनि गोर्खाहरू इमान्दारिताको साथ तैनाथ रहेका छन्। अझै पनि देशको निम्ति गोर्खाहरू शहीद हुने गरेका छन्। गोर्खाहरूमाथि विदेशी अथवा अन्य लाञ्छना लगाउनु अघि यो कुराको ध्यान राख्नु आवश्यक छ’ उनले भनेका छन्।
गोर्खाहरूलाई यसरी बारम्बार विदेशीको लञ्छना लागेकै कारण गोर्खाहरूले राष्ट्रिय चिन्हारी र राष्ट्रिय सुरक्षाओ आन्दोलन गरिरहेको पै विनय तामाङले बताएका छन्। ‘यस्तै प्रकारको लाञ्छनाहरूबाट बाँच्न गोर्खाहरूले दीर्घकालदेखि राष्ट्रिय चिह्नारी अनि राष्ट्रिय सुरक्षाको निम्ति आन्दोलन गर्दै आइरहेका छन्। भारतभित्रका गोर्खा नागरिकहरूको राष्ट्रिय चिह्नारी, अधिकार अनि नाहगरिकताको सुरक्षा गरिनुपर्छ भन्ने गोर्खा जनमुक्ति मोर्चाको पनि माग रहिआएको छ’ विनय तामाङले अझ भनेका छन् –‘आफ्नो स्थापनाकालदेखि नै लगाताररूपमा गोजमुमोले यो माग उठाउँदै आइरहेको छ। केन्द्रमा सत्तासीन भाजपा सरकारलाई त धेरै अघिदेखि नै यस विषयमा अनेकौं ज्ञापनहरू सुम्पिसकेका छौं भने हालैमा तेस्रो मोर्चा गठबन्धनमा सामेल हुनअघि गोजमुमोको तर्फबाट चड़ाइएको प्रस्ताव पत्रमा समेत पहिलो नम्बरमै प्राथमिकताको साथमा गोर्खाहरूको राष्ट्रिय सुरक्षा अनि चिह्नारीको कुरा उल्लेख गरेका छौं।’
 यसैक्रममा तामाङले भारतको कुनै पनि प्रान्तमा गोर्खाहरूमाथि यस प्रकारको व्यवहार गरिन्छ भने गोर्खा जनमुक्ति मोर्चाले कदापि सहन गर्नेछैन। यसैले लाङपीको उक्त घटनाको घोर भ्रत्सर्ना जनाउँदै विधायक किम्फा मार्बनियाङले स्थानीय गोर्खाहरूप्रति गरेको उक्त दुर्व्यवहारलाई लिएर तुरून्तै माफी नमागे हामी उनीविरूद्ध न्यायालय जान पनि हिच्किचाउने छैनौं भनि चुनौति पनि दिएका छन्।

1 comment:

Post Bottom Ad