असिना पानी परेपछि सेताम्मे बन्यो दार्जीलिङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, February 16, 2019

असिना पानी परेपछि सेताम्मे बन्यो दार्जीलिङ

गफसफ.com, दार्जीलिङ, 16 फरवरी।
शनिबार अचानक मौसन परिवर्तन बनेर असिना पानी परेपछि दार्जीलिङ शहर सेताम्मे बनेको छ। अचानक मौसम परिवरर्तन पछि आकास गड्गडाएर पानीसँगै असिना परेपछि दार्जीलिङ शहर सेताम्मे बनेको हो। यसभन्दा अघि दार्जीलिङमा दुईचोटी हिउँ परिसकेको कारण आजपनि अचानक मौसम परिवर्तन हुन थालेपछि मानिसहरूले हिउँ पर्ने सम्भावना व्यक्त गरेका थिए। तर पछिबाट पानीसँगै असिना परेपछि हिउँ परेझैँ दार्जीलिङ शहर असिनाले सेताम्मे बनेको छ।

अत्याधिक रूपले असिना परेको कारण शहरको सम्पूर्ण ठाउँहरू नै सेताम्मे बनेको छ। दार्जीलिङको रमणीय स्थल चौरास्तामा असिनाले ढाकेर चारैतिर हिउँ परेझैँ देखिएको छ भने शहरको सडकहरूमा असिनाको थाक लागेको छ।

एकाएक धेरै मात्रामा असिना परेपछि शहर नै अस्तव्यस्थ बनेको छ। सडकमा असिनाको थुप्रो लागेको कारण पैदल यात्रीहरूलाई समस्या सिर्जना भएको छ भने वाहनहरू समेत सुचारू चल्न सकिरहेको छैन। जसको कारण ठाउँ-ठाउँमा जामको समस्या सिर्जना भएको छ। यता मौसम परिवर्तन भएर असिना परेर शहरको सम्पूर्ण भागहरू सेताम्मे बनेपछि मानिसहरू त्यहीँ चिसो असिनासँग रमाइइरहेका पनि थिए। चारैतिर सेताम्मे देखिएको कारण प्राकृतिक सौन्दर्यको आनन्द मानिसहरूले चिसो मौसमको वास्ता नगरि लिइरहेको पनि देखियो।

1 comment:

  1. Darjeeling is crying for our soldiers who were martierd at Kasmir.This sudden rain is our tear for our fallen soldiers. Jao Hind.

    ReplyDelete

Post Bottom Ad