जीटीएको कार्यप्रणालीबारे जनतासँग सम्पर्क गर्न वाट्सअप नम्बर सार्वजनिक; विनय तामाङले भने –‘जीटीएको काम प्रारदर्शी अनि जनतासँग सोझो सम्पर्क गर्न चाहन्छौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, January 8, 2019

जीटीएको कार्यप्रणालीबारे जनतासँग सम्पर्क गर्न वाट्सअप नम्बर सार्वजनिक; विनय तामाङले भने –‘जीटीएको काम प्रारदर्शी अनि जनतासँग सोझो सम्पर्क गर्न चाहन्छौँ’

गफसफ.com, दार्जीलिङ, 8 जनवरी।
जीटीए प्रशासनले जनतासँझ सोझो सम्पर्क गर्न वाट्सअप नम्बर सार्वजनिक गरेको छ। जीटीए बोर्ड अध्यक्ष विनय तामाङले आज जनतासँग सोझो सम्पर्क गर्न वाट्सअप नम्बर सार्वजनिक गरेका छन्। ‘हाम्रो जीटीए’ नाउँ गरिएको उक्त वाट्सअप नम्बरमा जनताले आफ्नो क्षेत्रमा भइरहेको कार्य एवम्  दुखेसोबारे सोझै कुराकानी गर्न सक्नेछन्।

‘गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको कार्यप्रणालीमा पारदर्शिता राख्न औ जनतासित सोझै सम्पर्क साध्नको साथै जनताको दुखेसोलाई यथाशीघ्र सुनावाई गर्नको निम्ति औ सुशाषण स्थापित गर्न हेतु गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनद्वारा जनताको लागि आफनो अलग प्रशासकिय वाट्सअप (Whatsapp) खोलिदिएको छ-जसको नाम ‘हाम्रो जीटीए’  राखिएको छ’ विनय तामाङले भनेका छन्।
‘हाम्रो जीटीए’ को वाट्सअप नम्बर 9434747198 रहेको बताउँदै तामाङले उक्त नम्बरमा जनताले वाट्सअप मार्फत विविध विषयमा कुराकानी गर्न सक्ने बताएका छन्। यसक्रममा उनले 5 वटा सूचीमा रहेका विषयहरूबारे जनताले वाट्सपमा आफ्नो कुरा राख्न सक्ने पनि बताएका छन्।
के के राख्नछन् वाट्सअपमा ?
1.आफनो इलाकामा भइरहेको कुनैपनि विकासमुलक कामहरू गुणस्तरीय भएको छ वा छैन्।
2.  जीटीएद्वारा पास गरिएको काम गरेको छ वा छैन् ।
3. यदि कुनै क्षेत्रमा आजसम्म यदि  विकास हुनेदेखि वन्चित भएको छ भने - सो सोझै यस नम्बरमार्फत मेसेज गर्नसक्नुहुनेछ ।
4. यदि कुनै बनिएको बाटोमा जीटीएको खलासीहरूले काम गरेका छन् कि छैनन्- सो जानकारी लिनसक्ने छ ।
5. कुनैपनि साधारण जनतासित सोझै दैनिक जीवनसित सम्बन्धित विभागहरू पिउने पानी (PHE), स्वास्थ्य, शिक्षाआदिमा कतैपनि कुनै कमी कमजोरी वा कर्मचारीहरूको हेलचेक्र्याइ भएको छ भनेपनि मेसेज पठाउनुसक्नेछ । 
जीटीए वोर्ड अध्यक्ष विनय तामाङले माथि उल्लेखित 5वटा विषयमा राखेका कुराहरूलाई मात्र स्वीकार गरिने बताउँदै यसभन्दा अघि गुनासो वा सुझावलाई उच्चस्थ विभागीय अधिकारीहरुवाट छानबीन गरिने पनि स्पष्ट पारेका छन्।
‘कुनै द्वेष, मनमुटाव, आपसी मतभेद वा व्यक्तिगत स्वार्थको निमित्त पठाएको  मेसेजलाई मान्यता दिइनेछैन्। यस हाम्रो जीटीए वाट्सअप नम्बरमा वधाई, धन्यवाद, व्यक्तिगत सन्देश, अप्रिय वचन, आपत्तिजनक शव्दहरु अनि अश्लील चित्र वा भिडियो पठाउनुपाउने छैन्’ तामाङले अझ भनेका छन् –‘यदि कसैलेपनि यसो गरे निजलाई कानुनी कार्यवाही गरिनेछ कारण ‘हाम्रो जीटीए’ वाट्सअप एक सरकारी वाट्सअप रहेको सर्वसाधारण जानकारी दिदँछौ।’
यसका साथै तामाङले वाट्सपमा जनगुनासो राख्ने व्यक्ति विशेष वा सघं सस्था वा सगठंनको नामलाई गोप्य राखिने पनि स्पष्ट पारेका छन्।

1 comment:

Post Bottom Ad