हत्यापछि दफन गरेको शव निकाल्यो पुलिसले; तीनजना युवक पक्राउ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, January 23, 2019

हत्यापछि दफन गरेको शव निकाल्यो पुलिसले; तीनजना युवक पक्राउ

गफसफ.com, कालेबुङ २३ जनवरी।  

कालेबुङ शहरदेखि केहि टाडामा अवस्थित पोस्योर बस्तीमा एक युवकलाई हत्या गरेर दफन गरेको घट्नाले सनसनी छाएको छ। प्राप्त जानकारी अनुसार उक्त घट्ना गत 19 जनवरीका दिन भएको हो। घरमा एक्लै बस्दै आएका सुरज थापा उर्फ छुङ्कु (३२) लाई गाउँकै मानिसहरूले हत्या गरेर दफन गरेको थियो भने आज पुलिसले म्याजिस्ट्रेटको उपस्थितिमा शवलाई खनेर निकालेको छ भने मृत्युको वास्तविकता पत्तो लगाउन पोस्टमार्टमको निम्ति पठाएको छ।
प्राप्त जानकारी अनुसार सुरज थापाको मृत्युबारे उनकी पत्नी सुष्मा छेत्री (थापा)ले 19 जनवरीका दिन जानकारी पाइन्। बेङ्गलोरमा कार्यरत रहेकी पत्नी सुष्मा छेत्री आफ्नो पतिको मृत्युको खबर पाएर घर आउँदासम्म उनको शवलाई गाउँलेहरूले दफन गरिसकेको थियो। गाउँमा मातेर जताभावी असभ्य भाषा प्रयोग गर्दै बोल्ने गरेको कारण उनलाई गाउँलेहरूले कुटपिट गरेको समेत पत्नी सुष्मा छेत्री थापालाई उनकै भानिजले जानकारी समेत दिएको बताएकी छन्।
घट्नाबारे यता कालेबुङ पुलिसले सुइँको पाएपछि वास्तविक तथ्य पत्तो लगाउन भित्र-भित्रै जाँच गर्न थालेपछि थुपै शंकास्पद तथ्यहरू फेला पारेको थियो। सोहीक्रममा पुलिसले तीनजना युवकहरू क्रमैले छोडेन लेप्चा, महेश थापा अनि कोङ्गछेन लेप्चालाई पक्राउ गरेर केरकार गर्दा हत्यापछि शव दफन गरेको स्वीकार गरेपछि आज म्याजेस्ट्रेटको उपस्थितिमा शवलाई दफन गरेको ठाउँबाट उद्धार गरी पोस्टमार्टमको निम्ति पठाएको हो  

आफ्ना पत्नी बेङ्गलोरमा कार्य गर्दै एकजना नानीलाई बेङ्गोलरमा स्कुल पडाउँदै आइरहेकी थिइन भने अर्को एकजना नानी पनि आफुसँग नहुँदा मृतक सुरज थापा घरमा एक्लै बस्दै आइरहेका थिए। तर उनको अचानक मृत्यु भएको पत्नी सुष्मा थापाले जानकारी पाएर घरमा आइपुग्दा घरभित्र रगतका डामहरू देखेका थिए। यसबारे उनलाई आफ्नो पतिले गाउँमा मातेर मनपरी बोल्दा कुटपिट गरेको अनि त्यसैक्रममा चोटपटक लागेको बताए पनि शवलाई भने हेर्न नपाई दफन गरिसकेको बताइन्। घट्नाबारे उनले पुलिसलाई सूचित नगरेपनि यता पुलिसले भने स्रोत मार्फत घट्नाको जानकारी पाउँदा आफै जाँच गरिरहेको थियो। सोहिक्रममा शंकास्पद अवस्थामा तीनजनालाई पक्रेर केर्कार गर्दा हत्यापछि दफन गरेको स्वीकार गरेपछि आज शवलाई उद्धार गरेको हो।

आज बिहान एकाएक गाउँमा पुलिस बल शवलाई उद्धार गर्न पुगेपछि गाउँका मानिसहरू पनि धेरै संख्यामा भेला भएका थिए। शवलाई दफन गरेको ठाउँबाट बाहिर निकाल्दा मृतक सुरज थापाको शरिरको विभिन्न ठाउँहरूमा चोटको निशानीहरू पाइएको छ भने टाउको गहिरो चोट रहेको छ। जसको कारण उनको हत्यापछि नै दफन गरिएको शंका बडेको छ। यद्यपि घट्नाको वास्तविकता पत्तो लगाउन पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएको हो।
पुलिसले शवलाई दफन गरेको ठाउँबाट निकालेपछि उनकी पत्नी सुष्मा छेत्री थापा भावविहल भएर रोइरहेकी थिइन। जुन दृष्यले सबैलाई अश्रुपूर्ण बनाएको थियो।
यता पक्रा परेकाहरू विरुद्ध पुलिसले हत्याको मुद्दाम हत्यापछि प्रमाण मेट्ने प्रयास गरेको जस्ता मुद्दाहरू दर्ता गरेर कानुकी कार्वाही सुरु गरेको छ। यसैक्रममा उनीहरूलाई न्यायालयमा पेश गरेको जानकारी प्राप्त भएको छ। 

1 comment:

Post Bottom Ad