आतङ्की हमलामा दार्जीलिङ लामाहट्टा निवासी जीवन गुरुङ सहिद - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, January 12, 2019

आतङ्की हमलामा दार्जीलिङ लामाहट्टा निवासी जीवन गुरुङ सहिद

गफसफ.com, दार्जीलिङ, 12 जनवरी।
देशको सिमानामा पुन: एकचोटी गोर्खा सैनिकले शाहदत प्राप्त गरेका छन्। दार्जीलिङ जिल्ला अधिनस्थ लामाहट्टा निवासी राईफलम्यान जीवन गुरुङ जम्मु कश्मिरको रजौरी जिल्लामा आतङ्की हमलामा सहिद बनेका छन्।

11 अप्रेल 1994 का दिन जन्मेका जीवन गुरुङ भारतीय सेनामा विगत 4 वर्ष 6 महिनादेखि सेवारत रहेका थिए। हालमा उनी जम्मु कश्मिरको रजौरी जिल्लामा तैनाथ रहेका थिए भने शुक्रबार भएको आतङ्की हमलाको उनी सहिद बनेको थाह लागेको छ।
जम्मु कश्मिरको रजौरी जिल्लाको नौसेरामा शुक्रबार आईईडी इम्प्रोभाइज एक्सपोसिभ डिभाइस) विस्फोटमा सेनाका एक मेज सहित एकजना जवान सहिद बनेका थिए। उक्त विस्फोटमा सहिद हुने सेनाका जवान दार्जीलिङ जिल्लाको लामाहट्टा निवासी जीवन गुरुङ हुन् भन्ने थाह लागेको छ।
उक्त विस्फोटमा सेनाका जुनियर कमिशन अधिकारी (जेसीओ) अनि अन्य एकजना जवान थप घाइते बनेको थाहा लागेको छ। प्राप्त जानकारी अनुसार उक्त विस्फोट लाइन अफ् कन्ट्रोलको पुखेरनी स्थित रूपमती चौकि नजिक भएको हो।
भारतीय सिमाको रक्षार्थ तैनाथ रहेका भारतीय सैनिकहरूलाई निशाना बनाएर नियन्त्रण रेखा नजिक आतङ्कवादीहरूले उक्त विस्फोट गरेको हो। जुन विस्फोटमा परेर दार्जीलिङ पहाडका युवा सैनिक जवानले आफ्नो ज्यान सिमानाको रक्षार्थ गुमाएका छन्।
विशेष सूत्रबाट प्राप्त जानकारी अनुसार सहिद जीवन गुरुङको शवलाई अहिले दिल्लीमा ल्याइपुर्‍याइएको छ भने दिल्लीबाट सम्भवत आज नै हवाई मार्ग भएर बाघडोगरा हवाई अड्डा ल्याइपुर्‍याइने भएको छ। जहाँबाट उनलाई सैनिक सम्मान दिएर उनको परिवारलाई सुम्पनका निम्ति लामाहट्ट्टा प्रस्थान गरिन सक्ने थाहा लागेको छ।

यो पनि पढ्नुहोस् : सहिद जीवन गुरुङलाई विनय तामाङले दिए श्रद्धाञ्जली


11 comments:

Post Bottom Ad