70 वर्षिय वृद्धको स्टेट बैंकमा राखेको पैसा थाह नपाई हरायो; तपाईँको पैसा सुरक्षित छ के? - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 13, 2018

70 वर्षिय वृद्धको स्टेट बैंकमा राखेको पैसा थाह नपाई हरायो; तपाईँको पैसा सुरक्षित छ के?

गफसफ.com, कालेबुङ 13 नोभेम्बर।
तपाईँले बैंकमा राखेको पैसा सुरक्षित छ? तपाईँको पैसा तपाईँको जानकारी बिनै खाताबाट हराएको त छैन? एकपल्ट सोँच्नुहोस् अनि आफ्ना बैंक खाता जँचाएर ढुक्का बन्नुहोस्। किन भने भारतीय स्टेट बैंकमा दु:ख गरेर सञ्चय गरेको पैसा 70 वर्षिय वृद्ध तुलामाया मगरको उनको जानकारी बिनै खाताबाट हराएको छ। उक्त पैसा भारतीय स्टेट बैंकको ‘उपभोक्ता सेवा केन्द्र  (Customer Service Point) बाट हराएको हो।
तुलामाया मगरको छोरा सूर्जे मगर पासबुक देखाउँदै
कालेबुङ जिल्लाको निम्बोङ ग्राम पञ्चायत अधिनस्थ ग्यासोक निवासी 72 वर्षिय तुलमाया मगरले भारतीय स्टेट बैंकको कालेबुङ शाखामा रहेको बैंक खातामा दुख गरेर वर्षौँ देखि पैसा जमा गरिरहेकी थिइन्। जब तिहारको समय घरमा पैसाको आवश्यक्ता पर्‍यो अनि उनी बैंकमा आफ्ना सञ्चय गरेको पैसा निकाल्न पुगिन् तब उनी आफ्नो खाता रित्तै भएको देखेर हिस्रिक्कै बनिन्।
उनको बैंक खाताबाट 98 हजारा रूपियाँ अघिबाटै कसैले अनलाइन ट्रान्सफर गरिसकेको आफ्ना बैंक खाता जाँच गर्दा मात्रै उनीहरूले यसबारे जानकारी पाएका हुन्। चाँडपर्वमा घरमा पैसाको आवश्यक्ता हुने भएको कारण आफ्नै सञ्चय पैसा निकाल्न बैंकमा पुग्दा उनको खातामा केवल 1392 रूपियाँ मात्र रहर रहेको थियो। उनको खाताबाट जिरो माइक्रो फाइनेन्स अनि बिनोद दङ्गालको नाउँमा पैसा अनलाइन ट्रान्सपहर गरिएको पासबुक अपडेट गर्दा पत्तो लागेको छिमेकी रणबीर तामाङले बताएका छन्।  उनको खाताबाट मोट चारपल्ट 20 हजारको दरले ट्रान्सफर गरिएको छ भने एकचोटी 18 हजार रूपियाँ ट्रान्सफर गरिएको छ। जसको कारण तुलामाया मगरको बैंक खाता ठगहरूले रित्तै पारेका छन्।  
‘ग्यासोक निवासी तुलामाया मगरको बैंक खाताबाट उनको कुनै जानकारी नभइ लगभग 98 हजार पैसा हराएको छ। यो पैसा सिञ्जी स्समालबोङमा अवस्थित कस्टमर सर्भिस पोइन्ट’ बाट हराएको हो। जसको कारण बैंकप्रतिको विश्वास मानिसहरूले गुमाएका छन्’ रणबीर तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै भने। यसक्रममा उनले बैंकमा पैसा राख्नु सुरक्षित नभएको कारण उक्त घट्ना सम्बन्धि आफुहरूले बैंकमा पुगेर बुझ्दा आवेदन गर्ने सुझाव दिएको पनि उनले बताएका छन्।
‘एकजना बुढी बज्युल दुख गरेर सञ्चय गरेको पैसा बैंकबाट हराउँछ भने बैंकप्रतिको विश्वास रहँदैन। यसकारण यस सम्बन्धमा बैंकले झट्टै जाँच गरेर उनको पैसा फिर्ता गरियोस् भन्ने हाम्रो माग छ अनि दोषीलाई कार्वी गर्नुपर्नेछ’ रणबीर तामाङले भने।
यता उक्त घट्ना सम्बन्धमा भारतीय स्टेट बैंकको कालेबुङ शाखा प्रबन्धक चन्दन गुप्तसँग जान्न चाहँदा उनले मिडियासमक्ष बयान दिन पूर्णरूपले अस्वीकार गरे यद्यपी उनले अनाधिकारिक रूपमा भने घट्ना सम्बन्धी जाँच गर्ने बताएका छन्।

1 comment:

  1. If the transactions had taken place by online transfer and not in cash, the beneficiaries accoumts can be traced by the Bank. Unfortunately, such fraudsters always keep very low balance in their accounts.

    ReplyDelete

Post Bottom Ad