बरूण भुजेलको मृत्युलाई लिएर विमल-बिनय माझ हिलो छेपाई; वरूण भूजेल सहिद बन्नुमा विमल गुरूङ जिम्मेवार छ- विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 22, 2018

बरूण भुजेलको मृत्युलाई लिएर विमल-बिनय माझ हिलो छेपाई; वरूण भूजेल सहिद बन्नुमा विमल गुरूङ जिम्मेवार छ- विनय तामाङ

गफसफ.com, दार्जीलिङ 25 अक्टोबर।
सहिद बरूण भुजेलको मृत्यु भएको दिनलाई भूमिगत नेता विमल गुरुङले ‘शपथ दिवस’-को रूपमा पलन गर्ने घोषणा गरेपछि यता विनय तामाङले उक्त दिनलाई ‘पश्चताप दिवस’-को रूपमा पालन गर्नुपर्ने सुझाव दिएका छन्।

गतवर्ष चलेको 105 दिने बन्दको अवधी पक्रा परेर जेल हिरासतमा मृत्यु भएको बरूण भुजेलको आगमी 25 अक्टोबर पहिलो वर्ष पुरा हुँदैछ। जसलाई लिएर गोजमुमो (विमल अनि विनय गुट) भित्र राजनीति सुरु भएको छ। विमल गुरुङले प्रेस विज्ञप्ती जारी गरेर सहिद बरुण भुजेलको मृत्यु भएको दिनलाई शपथ दिवस पालन गर्ने भनेपछि यता विनय तामाङले पनि प्रेस बिज्ञप्ती जारी गरेर उक्त बरुण भुजेलको मृत्यु हुनको पछि विमल गुरुङ- रोशन गिरीहरू जिम्मेवार रहेको भन्दै उक्त दिनलाई ‘पश्चताप दिवस’ को रूपमा पालन गर्ने सुझाव दिएका हुन्।
‘शहीद वरूण भूजेललगायत अन्य हाम्रा गोर्खे आफन्तहरूलाई शहीद बनाउने परिवेश तयार पार्ने विमल गुरूङ अनि रोशन गिरीलाई हामी शहीद वरूण भूजेलको शहादत दिवसलाई शपथ दिवस- को रूपमा होइन तर पश्चताप दिवस-को रूपमा पालन गरून् भनी हामी सुझाउ दिँदछौं’ – विनय तामाङले विमल गुरुङको प्रेस विज्ञप्तीको जवाब दिँदै अझ भनेका छन् –‘किनभने हरेकपल्ट गोर्खाल्याण्डको नाममा गोर्खाल्याण्डप्रेमीहरूलाई वलिवेदीमा चड़ाएर उनीहरूले सत्ता हत्याउने अनि आफ्नो पराक्रम प्रदर्शन गर्ने काममात्रै गरेका छन्। यसैले अझै पनि उनीहरूले पश्चताप गरेनन् भने बौद्धिक एवं शिक्षित बन्दै गइरहेको गोर्खाहरूको भावी पीढ़िले उनीहरूलाई कदापि माफी गर्नेछैनन्।’
उनले जारी बिज्ञप्तीमा विमल गुरूङ अनि रोशन गिरीले वीर वलिदानी अमर शहीदहरूको शहादतलाई सिढ़ी लगाएर नै आफ्नो राजनैतिक स्वार्थ पूरा गरेको पनि आरोप लगाएका छन्। यसक्रममा गोरामुमो नेता सुवास घिसिङलाई पहाडबाट खेदेर सत्तामा हत्याउन सहिद प्रमिला शर्माको शाहदतलाई प्रयोग गरेको तामाङको आरोप रहेको छ।
2007 सालमा गोर्खा जनमुक्ति मोर्चाको स्थापनापछि शहीद प्रमिला शर्माको शहादतको फायदा उठाउँदै सुवास घिसिङलाई पहाड़बाट धम्कीपूर्ण तरीकाले खेदौरे लगाएर उनीहरूले पहाड़को राजनैतिक बागडोर हत्याए। त्यसपछि अकबर लामा अनि 8 फरवरी 2011 मा सिप्सुका शहीदहरू क्रमैले नीता खवास, विमला राई, विक्की लामाहरूको शहादतलाई सिढ़ी बनाएर विमल गुरूङले लगत्तै जुलाई 2011 मा गोर्खाल्याण्डको साटो गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा सहीछाप गरी जीटीएको चीफ एक्जीक्युटिभ बने’ विनय तामाङले भनेका छन्।
सोहीक्रममा सन् 2013 मा तेलेङ्गना गठन हुँदा जनआक्रोश साम्य पार्न राजीनामाको नाटक गरेर पछि गोर्खाल्याण्डको निम्ति आत्मदाह गर्ने अमर शहीद मङ्गलसिहँको शहादतलाई सिढ़ी बनाएर फेरि केही दिनपछि लगत्तै जीटीए चीफको रूपमा दिसम्बर 2013 मा कलकत्तामा शपथ ग्रहणको पनि तामाङले गुरुङ प्रति आरोप लगाएका छन्।
2007 सालदेखि शहीदहरूको बलिदान अनि गोर्खाल्याण्डको सपनालाई बेच्दै आउनेहरू विमल गुरूङ अनि रोशन गिरी नै हुन्। विमल गुरूङ सत्तामा रहँदा नै मदन तामाङ हत्याकाण्ड जस्तो घटनाहरू घटेको पनि सर्वविदित नै छ’ विनय तामाङले प्रेस विज्ञप्तीमा भनेका छन्।
‘हालमा गोर्खाल्याण्डको नाममा युवाहरूलाई ब्रेनवास गरेर हतियार अनि हिँसात्मक आन्दोलन गरेर आफै भूमिगत भएपछि अहिले आएर फेरि 105 दिनको आन्दोलनकालका अमर शहीद वरूण भुजेललगायत अन्य शहीदहरूको शहादतलाई सिढ़ी बनाएर गुमाएको सत्ता फेरि हात पार्ने प्रयास गरिरहेका छन्’ विज्ञप्तीमा लेखिएको छ। यसक्रममा उनले 2007 सालदेखि यताको विमल गुरूङले आफ्नो राजनैतिक करियर नै गोर्खाहरूको रगतले कोरेका आरोप पनि लगाएका छन्।
‘विमल गुरूङ गोर्खाल्याण्डको नाममा निर्दोष गोर्खाल्याण्डप्रेमीहरूलाई वलिवेदीमा चड़ाएर सत्ताको सुखभोग गर्ने स्वार्थी नेतामात्र हुन्। विमल गुरूङको गणतान्त्रिक आन्दोलन कालमा पार्टीका धेरैजना नेतृत्व अनि कार्यकर्ताहरू निखोज रहेका छन्। उनीहरू जीवित छन् या हत्या गरियो, कसैलाई थाह छैन’ तामाङले भनेका छन्।

उनले जारी विज्ञप्तीमा गतवर्ष चलेको 105 दिने बन्दको क्रममा सहिद बनेकाहरूलाई सम्झना गर्दै उनीहरू प्रति श्रद्धाञ्जली समेत अर्पण गरेका छन् भने आफु सुरक्षित बसेर साधरण जनतालाई मात्र सहिद बनाउने नेताहरूको कार्यप्रति भने विनय तामाङले विरोध गरेका छन्।
105 दिनको आन्दोलनमा शहादत प्राप्त गर्ने अमर शहीद वरूण भूजेललगायत अन्य सबै शहीदहरू क्रमैले शहीद विमल शांकर,  महेश गुरूङ, सुनिल राई, टाँसी भोटिया, सुरज भूसाल, समिर गुरूङ, अशोक तामाङ, आशिष तामाङ, दावा छिरीङ भोटिया, रोमिला राई आदिप्रति हामी नमन गर्दछौं। साँचो ह्रदयले श्रद्धांजलि अर्पण गर्दछौ। तर आफू सुरक्षित बसेर जनतालाई निधारमा गोली थाप्न लगाउने अनि यस प्रकारको हिँसात्मक स्थिति सृजना गर्ने कारक तत्वहरूको हामी खुलेर विरोध गर्दछौं’ विनय तामाङले अझ भनेका छन् –‘गोर्खाल्याण्डको निम्ति धेरैलाई शहीद बन्न उक्साउने, सैयौंलाई जेलमा सड़ाउने तर आफू चाहिए जेल जानसमेत डराउने अनि जनतालाई भने भावनामा डुबाएर शहीद बन्न अह्राउने नेताहरू गोर्खाल्याण्डको निम्ति होइन तर सत्ताप्रेमी हुन्। आजसम्म पनि उनीहरू गोर्खाल्याण्डको निम्ति होइन तर जेल जानुपर्ने डरलेमात्रै भाग्दै हिड़िरहेका छन्। यदि उक्त दावी झूटो हो भन्छन् भने रोशन गिरी अनि विमल गुरूङले गोर्खाल्याण्डको निम्ति भनेर एकैदिन पनि जेल गएको अथवा अनशनहरू बसेको रिकर्ड देखाउन् भनी हामी चुनौती दिँदछौं।’
यसक्रममा विनय तामाङले छुट्टै राज्य गोर्खाल्याण्ड नै आफुहरूको मूल माग रहेको भन्दै उक्त मागलाई संवैधानिक अनि वौद्धिक प्रक्रिया अनुसार हासिल गर्ने पनि बताएका छन्। ‘गोर्खाल्याण्ड हाम्रो मूल माग हो। उक्त संवैधानिक मागलाई हामी संवैधानिक एवं बौद्धिक आन्दोलनमार्फत नै हासिल गर्नेछौं।गोर्खाल्याण्डप्रेमीहरूलाई मारेर होइन तर उनीहरूलाई बचाएर हामी गोर्खाल्याण्ड राज्य गठन गर्नेछौं। यसको निम्ति देश, काल अनि परिस्थिति अनुकूल बनाउनु आवश्यक छ। हामी त्यसैको पूर्वाधारहरूको विकास गर्न लागिपरेका छौं। देशको निम्ति रगत बहाउने गोर्खाहरूले अपमानित बनेर होइन तर सम्मानित बनेर नै एकदिन गोर्खाल्याण्ड थाप्नेछ। यो हाम्रो प्रतिवद्धता हो’ विनय तामाङके भनेका छन्।

2 comments:

  1. शपत दिवस मनाऊ कि पश्चयताप दिवस। घोषणा गर्ने दुवै पक्ष शहीदको खून पिएर बांचेका शैतानहरु नै हुन्। दुवै पक्ष गोर्खे समाजको लागि हानिकारक कीटाणुहरु नै हुन्।

    ReplyDelete

Post Bottom Ad