तातियो जनजातिको मुद्दा; विनय तामाङले भने – ‘शितकालिन सत्रमा जनजातिको बिल पेश नगरे भाजपा विरूद्ध देशव्यापी आन्दोलन गर्नेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, October 9, 2018

तातियो जनजातिको मुद्दा; विनय तामाङले भने – ‘शितकालिन सत्रमा जनजातिको बिल पेश नगरे भाजपा विरूद्ध देशव्यापी आन्दोलन गर्नेछौँ’

गफसफ.com, दार्जीलिङ 9 अक्टोबर।
‘केन्द्रिय जनजाति मन्त्री जोएलल ओरामसित एक प्रतिनिधि भेटवार्ता गरेपछि सांसद एसएस आहलुवालियाले लोकसभाको आगामी शीतकालीन सत्रमा गोर्खा समुदायको 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्न बील पेश गर्ने दावी गरेका छन्। अब उनको दावीमुताविक यदि आगामी शीतकालीन सत्रमा जनजातिको बील सदनमा पेश गरिएन भने हामी दार्जीलिङ पहाड़लगायत समग्र राष्ट्रभरि नै आन्दोलन गर्ने कड़ा चेतावनी भाजपा सरकारलाई दिदँछौं’ उक्त कुरा गोजमुमो अध्यक्ष विनय तामाङले भनेका हुन्।


केन्द्रिय जनजाति मन्त्री जोएल ओरामलाई गोजमुमो विमल गुटका प्रतिनिधी टोलिले सांसद आहलुवालीयाको नेतृत्वमा भेट गरेर संसदको आगमी शितकालिन सत्रमा जनजातिको बिल पेश गर्ने दाबी गरेपछि तामाङले प्रतिक्रिया दिँदै उक्त कुरा भनेका हुन्। ‘जनजातिको मुद्दामा विगत 4 वर्षदेखि भाजपाले लगातार दिइरहेको झूटो आश्वासन अब गोर्खाहरूले सहन गर्नेछैन, यसर्थ आगामी शीतकालीन सत्रमा उक्त वचन पूरा नगरिए देशभरिका गोर्खाहरूलाई लिएर हामी भाजपाविरूद्ध सड़कमा ओर्लिनेछौं भनी चेतावनी दिँदछौं’ विनय तामाङले प्रेस विज्ञप्ति जारी गरेर स्पष्ट भनेका छन्।
उनले जारी गरेको विज्ञप्तिमा उक्त भेटघाट आफुहरूले केन्द्रलाई दिएकै चापको परिणाम रहेको पनि दाबी गरेका छन्। ‘आजको भेटवार्ता गोर्खा जनमुक्ति मोर्चाले पहाड़बाट निरन्तर दिइरहेको दबाउको परिणाम पनि हो। गत 21 अगस्तको 2018 को दिन केन्द्र सरकारले 6 साताभित्रमा जनजातिको मुद्दामाथि पहल शुरू गर्ने आश्वासन दिएका थिए। तर उक्त 6 साताको मियाद समाप्त भइसक्दा पनि केही कार्य नगरिएकोले हामीले दार्जीलिङ पहाड़बाट सम्बन्धित संघ-संस्थाहरूसित मिलेर निरन्तर केन्द्र सरकारलाई चरम चाप दिइरहेका थियौं भने आजको भेटवार्ता सोही दबाउको प्रतिफल हो’ तामाङले दाबी गरेका छन्।
उनले भर्खरै दिल्ली यात्राको क्रममा स्थापना दिवस कार्यक्रम रद्द भएपछि दिल्लीमा महार्‍याली गर्ने घोषणाले भाजपा, सासंद एसएस आहलुवालिया, विमल गुरूङ, रोशन गिरीलगायत विमलपन्थीहरू धेरै आत्तिएको पनि दाबी गरेका छन्।
‘अब गोर्खाहरूलाई दिएको वचन पालन नगरे विनय तामाङको नेतृत्त्वमा दिल्लीमात्रै होइन देशभरिका गोर्खाहरू एकजुट भएर आन्दोलनमा उत्रिनेछन्। यसैले गोर्खाहरूको हितमा गम्भीर बनेर कार्य गर्ने सुझाउ पनि म भाजपा सरकार अनि सासंदलाई दिन चाहन्छु’ विनय तामाङले प्रेस विज्ञप्ति मार्फत भनेका छन्।
‘जनजातिको मुद्दा पूरा गरिदिने विगत 4 वर्षदेखि दिइरहेको केन्द्र सरकारको आश्वासनकै एक अशंजस्तै आजको भेटवार्ता पनि मन्त्री ओरामसित फोटो सेसनमात्रै  नहोस् भन्ने मैले आशा गरेको छु। किनभने गोर्खा समुदायले भाजपा अनि विमल गुरूङहरूको सबै स्टन्टहरूबारे अवगत भइसकेका छन्। यसैले यसपल्टको शीतकालीन सत्रमा पनि उक्त वचन पालन नगरे राष्ट्रभरिका गोर्खाहरूको विरोधको सम्मुखीन हुनुपर्ने तय छ’ विनय तामाङले भारतीय जनता पार्टीको सरकारलाई चेतावनी दिँदै भनेका छन्।

1 comment:

  1. नराम्रो मान्छेको धेर सिंगार, अमिलो जांड़को धेर निगार !..

    ReplyDelete

Post Bottom Ad