सिलगडीमा सिक्किमका दुईजना चालकलाई कुटपिट गर्ने दुईजना आरोपी पक्राउ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 29, 2018

सिलगडीमा सिक्किमका दुईजना चालकलाई कुटपिट गर्ने दुईजना आरोपी पक्राउ

गफसफ.com, सिलगडी 30 अक्टोबर।
कालिपूजाको नाउँमा जब्बरजस्ती चन्दा सङ्ग्रह गर्दा सिक्किमका दुईजना चालकवर्गलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा पुलिसले दुईजनालाई पक्राउ गरेको छ। प्रधान नगर थाना पुलिसले आरोपीद्वय अरिन्दम घोष (20) अनि सुरजित मल्लिक (24) लाई पक्राउ गरेर सोम्बार न्यायालयमा पेश गरेको थियो भने दुवै आरोपीलाई न्यायालयले तीन दिनको पुलिस रिमाण्डमा पठाएको छ। यसका साथै क्बलद्वारा आयोजना गरिने काली पूजा अनि क्लबका कागतपत्र जाँच कार्य सुरु गरेको छ।
Symbolic Photo (प्रतिकात्मक फोटो)

स्मरण रहोस्, शुक्रबार बुलीकीपथ चम्पासरी नजिक सिक्किमबाट पर्याटकहरू लिएर सिलगडी झरेका दुईवटा वाहनका चालकवर्गलाई काली पूजा आयोजनाको निम्ति चन्दा सङ्ग्रहगर्नेहरूले कुटपिट गरेका थिए। चालकवर्गलाई 5 हजारा चन्दा मागेपछि सिर्जना भएको विवादमा क्लबका कार्यकर्ताहरूले कुटपिट गरेर गम्भीर घाइते बनाएको थिए। सोही घट्नाको आरोपमा पुलिसले आरोपी दुईलाई पक्राउ गरेको हो।
जब्बरजस्ती बाटोमा गाडी रोकेर चन्दा सङ्ग्रह गर्दै चालकवर्गलाई कुटपिट गरेको आरोपमा पुलिसले आइतबार राती बाघजतिन क्षेत्रबाट अरिन्दम घोष अनि सुरजित मल्लिकलाई पक्राउ गरेको हो। आरोपी विरुद्ध पुलिसले कानीनी प्रक्रिया आरम्भ गरेको छ भने उनीहरूलाई सोम्बार अदालतमा पेश गरिएको हो।

1 comment:

Post Bottom Ad