कालेबुङको डेलोमा पर्याटन, पर्याटक र शौचालयको अभाव; कसले गर्ने समाधान? - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, October 9, 2018

कालेबुङको डेलोमा पर्याटन, पर्याटक र शौचालयको अभाव; कसले गर्ने समाधान?

गफसफ.com, कालेबुङ 10 अक्टोबर।
कालेबुङको चर्चित पर्याटन स्थालहरू मध्ये एक डेलोमा पर्याटनको मौसम लाग्नसाथ पर्याटकहरूको घुइँचो लाग्ने गर्दछ। एकातिर सरकार आफैले पहाडमा पर्याट विस्तारको कार्य समेत गरिरहेको छ भने जीटीएले पनि पर्याटनलाई जोड दिइरहेको छ। यस्तो अवस्थामा डेलोमा भीड हुने पर्याटकहरूका निम्ति भने भनेजस्तो व्यवस्थित शौचालय समेत नहुँदा पर्याटकहरू नीराश बनिरहेका छन्।

डेलो भन्नसाथ हामी कालेबुङको प्रमुख पर्यटकीय स्थलमध्ये एक बुझ्छौं। चाहे देशी होस वा विदेशी पर्यटक चाहे स्थानीय मानिसहरू नै किन नहोस् डेलोलाई नै घुम्नको निम्ति सबैभन्दा उत्तम स्थान मान्छन्। चाहे सिजन होस् अथवा अफ सिजन हर समय डेलोमा मानिसहरूको आवागमन चलिरहन्छ। बारम्बार गए पनि मन नभरिने डेलोस्थानीय मानिसहरूकै निम्ति पनि घुम्नको निम्ति पहिलो प्राथमिकता रहेको छ। यहाँसम्म की राज्यका मुख्यमन्त्री होस् अथवा पर्यटन मन्त्रीचाहे जीटीए कै अध्यक्ष तथा उपाध्यक्ष नै पनि किन नहोस् डेलोमा नै आएर बस्न रूचाउँछन्।
कालेबुङ शहरदेखि केवल 10 किलोमीटर टाडामा अवस्थित डेलो जहाँ प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ भने त्यहाँ निर्माण गरिएको पार्कघोडा सवारीपारा ग्लाइडीङछेवैमा रहेको साइन्स सेन्टरले झन सुनमा सुगन्ध थपेको छ। एकातिर प्राकृतिक सुन्दरता अनि अर्कोतिर साहसिक पर्यटनको आनन्द। सोही कारण मानिसहरू घुम्नप्रकृतिको सुन्दरतामा रम्नसाहसिक पर्यटनको आनन्द लिन अनि साइन्स सेन्टरको जानकारीमूलक कुराहरू हेर्न डेलो जान नै सबैभन्दा बडी रूचाउँछन्। डेलोमा घण्टौंसम्म समय बिताउन जुनै पनि वर्ग अनि उमेरका मानिसहरूलाई केही गाह्रो पर्दैन।
हरेक समय स्थानीय अनि पर्यटकहरूको ताँती लाग्ने डेलोमा यद्यपि शौचालयको असुविधा भने खट्किरहेको छ। डेलोमा हालमा प्रवेशद्वारमा नै पुरानो शौचालयलाई सर-सफाई गरेर सुनील रूम्तेलले चलाइरहेका छन्।
शारीरिक रूपमा असक्षम (दिब्याङ) रहेका सुनीलले आफ्नै प्रयासमा नै शौचालय चलाइरहेका छन् भने शौचालयको पानी समेत गाडीमा 4 किलोमीटर टाडाबाट ल्याउन परिरहेको उनी बताउँछन्। शुरुमा शौचालयमा मान्छे पस्न नै नसक्ने थियो। त्यसैलाई सफाई गरेर अहिले शुल्क तिरेर पर्याटकहरूका निम्ति प्रयोग गर्ने बनाएको छुसुनिल रूम्तेलले अझ भने –‘यहाँ पानीको व्यवस्था छैन। यसकारण वाहनमा पानी ल्याएर पर्याटकहरूको सुविधाको निम्ति कार्य गरिरहेकोछु।यसक्रममा उनले डेलोमा धेरै मानिसहरू घुम्नका निम्ति आउने गरे पनि व्यवस्थित शौचालयको भने अभाव रहेको अनि सम्बन्धित विभागले व्यवस्थित शौचालय निर्माण गर्नु आवाश्यक रहेको बताएका छन्।
यसैक्रममा डेलोको छेवैमा पाराग्लाइडीङ चलाइरहेका अल्पाइन पाराग्लाइडीङका मालिक तथा कालेबुङ पाराग्लाइडीङ एसोसिएशनका उपाध्यक्ष प्रशान्त राणाले पनि डेलोमा सुव्यवस्थित शौचालय हुन आवश्यक रहेको बताएका छन्। डेलोमा पर्याटकहरू घुम्नका निम्ति आउँछन् तर, व्यवस्थित शौचालयको भने अभाव छ। केहि समय यता सुनिल रूम्तेलले आफ्नै प्रयासमा घरैबाट गाडीमा पानी ल्याएर यहाँ शौचालयको सुविधा दिने कार्य गरिरहेका छन्। यद्यपी उक्त शौचालय पर्याप्त छैन। यसकारण सम्बन्धित विभागले एउटा व्यवस्थित शौचालय अनि पानीको व्यवस्था गर्न सके अझै पर्याटकहरूलाई सुविधा हुनेछप्रशान्त राणाले भने।
यसैक्रममा कोलकाताबाट डेलो घुम्न आएका आशिष सेन अनि उनीसँगै आएका अरूले पनि डेलोमा सुव्यवस्थित शौचालय हुनुपर्ने बताएका छन्। अहिले रहेको शौचालयको अवस्था ठीक नरहेको अनि पानीको व्यवस्था असल रूपमा रहेको शौचालय हुनुपर्ने उनीहरूले बताएका छन्। पर्याटकका निम्ति शौचालय महत्वपूर्ण कुरा हो। यसकारण यहाँ व्यवस्थित शौचालय हुन आवश्यक छआशिष सेनले भने।
यता उक्त विषयलाई लिएर गत केहीदिन अघि कालेबुङ आइपुगेका राज्यका पर्यटन मन्त्री गौतम देवसित प्रश्न राख्दा उनले यो विषय जीटीए अधिनस्थ रहेको भए तापनि आफूले अघिबाटै जीटीए अध्यक्ष विनय तामाङसित कुराकानी गरेको बताएका छन्। मैले जीटीए अध्यक्ष विनय तामाङसँग कुराकानी गरेको छु। यसका साथै अन्य समस्याहरू सम्बन्धि पनि चर्चा भएको छु। यी समस्याहरू चाँढै नै समाधान गर्नेछौँमन्त्री गौतम देवले केहिदिन अघि कालेबुङ भ्रमणको क्रममा भनेका छन्।
अर्कोतर्फ जीटीएको पर्यटन विभागका अध्यक्ष सोनाम याक्खासित प्रश्न राख्दा जीटीएका पर्यटन विभागीय अधिकारीहरूको स्थानन्तरण भएको कारण नै यस विषयमा पहल हुन ढिलाइ भएको जानकारी दिएका छन्। डेलोमा पर्याटकहरूका सुविधाको निम्ति हामीले शौचालय निर्माणको पहल गरेका थियौँ तर, विभागीय अधिकारीको स्थान्तरणले केहि विलम्ब भएको छ। यद्यपी उक्त कार्य हामी चाँढै गर्नेछौँजीटीए पर्याटन विभागीय अध्यक्ष सोनाम याक्खाले भने।

2 comments:

  1. One more thing i want to share here that there are toilets at the back side of DEOLO toirist lodge situated near the building where the mobile towers are being erected but I have no idea what is the present stage of that toilet. The same toilet was meant for the tourists/visitors.

    ReplyDelete
  2. This is shameful. It speaks of utter disregard and ignorance on the part of officials concerned. Thanks to Sunil bhai on his efforts.

    ReplyDelete

Post Bottom Ad