चारवटा विकास बोर्डका अध्यक्षहरू भए पदच्युत; ‘होम एन्ड हिल एफियर्स डिपार्टमेन्ट’को नोटिफिकेसनले गर्‍यो पुष्टि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 16, 2018

चारवटा विकास बोर्डका अध्यक्षहरू भए पदच्युत; ‘होम एन्ड हिल एफियर्स डिपार्टमेन्ट’को नोटिफिकेसनले गर्‍यो पुष्टि

गफसफ.com –डेस्क, 15 सितम्बर।
पश्चिम बङ्गाल सरकारले गठन गरेको कतिपय विकास बोर्डका अध्यक्षहरूलाई पदबाट हटाएर नयाँ अध्यक्ष बनाएको खुलासा भएको छ। दार्जीलिङ पहाडमा सरकारले गठन गरेको 15 वटा विकास बोर्डहरू मध्ये चारवटा विकास बोर्डका अध्यक्षहरूलाई भने पदबाट हटाइएको थाह लागेको छ। सरकारले किन उक्त विकास बोर्डका अध्यक्षहरूलाई पदबाट हटाएर नयाँ अध्यक्ष चयनित गरियो भन्ने सन्दर्भमा अहिलेसम्म कसैले जानकारी भने पाएका छैनन्।


पश्चिम बङ्गाल सरकारको ‘होम एन्ड हिल एफियर्स डिपार्टमेन्ट’ ले गत 10 सितम्बर 2018 का दिन जारी गरेको कोलकोता ग्याजेट अनुसार चारवटा बिकास बोर्डका अध्यक्षहरूलाई पदबाट हटाइएको तथ्य पत्तो लागेको हो। उक्त नोटिफिकेसनको आधारमा सरकारले जारी गरेको सूचीमा विशेष गरेर खम्बु राई विकास बोर्ड, कामी विकास एवम् सांस्कृतिक बोर्ड, सार्की विकास एवम् सांस्कृतिक वोर्ड अनि नेवार विकास एवम् सांस्कृतिक वोर्डका अध्यक्षहरू रहेका छन्। उक्त ग्याजेट नोटिफिकेसनको आदेश सङ्ख्यामा – 233-HA/OM-16/2017 (pt-III) खम्बु राई, कामी, सार्की अनि नेवार बोर्डका अध्यक्षहरूको नाउँ वर्तमान अध्यक्षहरूको नरहेको कारण नै सरकारले चारवटा विकास बोर्डका अध्यक्षहरू हटाएर नयाँ नियुक्ति गरिएको हो भन्ने पुष्टि भएको छ।
पश्चिम बङ्गाल सरकारद्वारा 10 सितम्बर 2018 का दिन प्रकाशित कोलकोता ग्याजेट अनुसार चारवटा विकास बोर्डका अध्यक्षहरूलाई उनीहरूको पदबाट हटाइएको थाह लागेपछि बिकास बोर्डहरू माझमा चर्चाको विषय बनेको छ। यद्यपी पदबाट हटाइएका विकास बोर्डका अध्यक्षहरूले भने अहिलेसम्म कुनै सरकारी आदेश पत्र प्राप्त नगरेको थाह लागेको छ।
विशेष गरेर पश्चिम बङ्गाल खम्बु राई विकास बोर्डका नव नियुक्त अध्यक्ष दिपराज राईलाई उनको पदबाट हटाइएको छ। पश्चिम बङ्गाल सरकारको पछौटे कल्याण विभागद्वारा पारित गरिएको प्रस्ताव सङ्ख्या - SBCW-1387/16/6E-95/2015 अनुसार  10 फरवरी 2016 का दिन अध्यादेश जारी गरेर गठन भएको खम्बु राई विकास बोर्डका अध्यक्ष पदमा मङ्गलसिंह राईलाई अध्यक्ष बनाइएको थियो। त्यसपछि सरकारले पुन: 31 जुलाई 2018 दिन अध्यादेश पत्रको नियम सङ्ख्या 3(ए) अनुसार आदेश सङ्ख्या No. 596-BCW/65-01/2016 लाई रद्द गर्दै दिपराज राईलाई खम्बु राई विकास बोर्डको अध्यक्ष पदमा नियुक्ति गरिएको हो। तर ‘होम एन्ड हिल एफियर्स डिपार्टमेन्ट’ द्वारा जारी आदेशमा खम्बु राई विकास बोर्ड अध्यक्षको नाउँ भने मङ्गल सिंह राई नै रहेको छ।
पश्चिम बङ्गाल सरकारको पछौटे कल्याण विभागद्वारा प्रस्ताव सङ्ख्या – 2503-BCW/6S-09/2016 अनुसार गठन गरिएको कामी विकास एवम् सांस्कृतिक बोर्डका अध्यक्ष कुल बहादुर बराईली रहेका छन्। उनी अहिले पनि अध्यक्ष पदमा बसेर नै कार्य गरिरहेका छन् भने हालमा ‘होम एन्ड हिल एफियर्स डिपार्टमेन्ट’ द्वारा जारी कोलकोता ग्याजेट नोटिफिकेसनमा भने कामी विकास एवम् सांस्कृतिक बोर्डका अध्यक्षको नाउँ विमल कुमार दियाली रहेको छ। जसको आधारमा कामी विकास बोर्डका अध्यक्ष पनि सरकारले परिवर्तन गरिसकेको सोही कोलकोता ग्याजेट नोटिफिकेसनले पुष्टि गरेको छ।
यता पश्चिम बङ्गाल सरकारको पछौटे कल्याण विभागद्वारा प्रस्तावस सङ्ख्या – 2504-BCW/6S-07/2017 अनुसार सार्की विकास एवम् सांस्कृतिक बोर्ड गठन भएको छ। उक्त प्रस्तावको नियम 4(ए) अनुसार बोर्डका अध्यक्ष कुमार मङ्ग्राती (सार्की) चयनित गरिएको छ भने उनले नै अहिलेसम्म बोर्ड अध्यक्षको कार्यभार सम्हाली रहेका छन्। तर यता ‘होम एन्ड हिल एफियर्स डिपार्टमेन्ट’द्वारा 10 सितम्बरका दिन जारी कोलकोता ग्याजेट नोटिफिकेसनमा भने सार्की विकास बोर्ड अध्यक्षको नाउँ उदय मङ्ग्राती (सार्की) रहेको छ। जसको कारण सार्की बोर्डका अध्यक्ष पनि परिवर्तन गरिएको ‘होम एन्ड हिल एफियर्स डिपार्टमेन्ट’ को ग्याजेट नोटिफिकेसनले पुष्टि गरेको छ।
अर्कोतर्फ पछौटे कल्याण विभागद्वारा प्रस्ताव सङ्ख्या - 3416-BCW/6S-18/2016 अनुसार पश्चिम बङ्गाल नेवार विकास एवम् सांस्कृतिक बोर्ड गठन भएको छ। उक्त विकास बोर्डका अध्यक्षको पदमा खर्साङ निवासी सुनिल प्रधान रहेका छन्। हालसम्म सुनिल प्रधानले नै बोर्ड अध्यक्षको पदभार सम्हालीरहेका छ भने गत 10 सितम्बरको दिन ‘होम एन्ड हिल एफियर्स डिपार्टमेन्ट’ द्वारा जारी ग्याजेट नोटिफिकेसनमा नेवार बोर्ड अध्यक्षको नाउँ विमल प्रधान रहेको छ। जसको कारण नेवार विकास बोर्ड अध्यक्ष पनि परिवर्तन गरिएको उक्त नोटिफिकेसनले पुष्टि गरेको छ।
स्मरण रहोस्, ‘होम एन्ड हिल एफियर्स डिपार्टमेन्ट’ ले गत 10 सितम्बरको दिन दार्जीलिङ अनि कालेबुङ जिल्लाको विकास गर्नका निम्ति एउटा कमिटि गठन गरेको आदेशपत्र जारी गरेको छ। दार्जीलिङका विधायक अमर सिंह राई अध्यक्ष रहेको उक्त कमिटिमा मोठ 29 जना सदस्यहरू रहेका छन् भने 3 जना सल्लाहकारहरू नियुक्ति गरिएको छ। उक्त कमिटिले दार्जीलिङ अनि कालेबुङको विकास गर्नका निम्ति सरकारलाई आगमी 6 महिना भित्रमा विस्तृत रिपोर्ट बुझाउनुपर्ने भएको छ भने सोहि कमिटिमा विकास बोर्डका अध्यक्षहरूलाई पनि सरकारले सदस्यको रूपमा मनोनित गरेको छ। सोहि अध्यादेशमा चारवटा विकास बोर्डका अध्यक्षहरूको नाउँ भने वर्तमान अध्यक्षहरूको नरहेर अन्य रहेको कारण सरकारले कसैलाई पत्तो नदिइ चारवटा विकास बोर्ड अध्यक्षहरू परिवर्तन गरिएको पुष्टि भएको हो। यद्यपी यस सम्बन्धमा सम्बन्धित विकास बोर्डका अध्यक्षहरूले अहिलेसम्म आफ्ना प्रतिक्रिया भने दिएका छैनन्।

1 comment:

Post Bottom Ad