विमल गुरुङ पन्थी नेता निमा तामाङको घर कुड्की; खिड्की-दैलो समेत भत्काएर लगे पुलिसले - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 13, 2018

विमल गुरुङ पन्थी नेता निमा तामाङको घर कुड्की; खिड्की-दैलो समेत भत्काएर लगे पुलिसले

गफसफ.com, कालेबुङ 13 सितम्बर।
गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुरुङका निकटतम मानिने पूर्व सभासद निमा तामाङको घर कुड्की गरेको छ। न्यायालयको आदेश अनुसार पुलिसले आज तामाङको घरका सम्पूर्ण समानहरू जफत गरेर घरलाई कुड्की गरेको छ। पुलिसले घरका समानहरू जफत गरेपछि घरको मूल गेटमा ताला समेत जडान गरेको छ भने घरका दैलो, खिड्की समेत तोडेर लगेको छ।


विमल गुरुङसँगै भुमिगत बनेका निमा तामाङ विरुद्ध कालेबुङ थानामा दर्ता मुद्दा सङ्ख्या 37/13 अनुरूप न्यायालयले जारी गरेको आदेश अनुसार आज सम्पूर्ण सम्पत्ति जफत गरिएको हो। तामाङ विरुद्ध कालेबुङ थानामा मुद्दा सङ्ख्या 37/13 अनुसार भारतीय दण्ड संहिताको धारा 147, 148, 149, 447, 325, 326, 307 अनुसार चलिरहेको मुद्दाको क्रममा न्यायालयले 30 जुलाई 2018 का दिन 10 सितम्बर 2018 भित्रमा न्यायालयमा उपस्थित हुने निर्देश जारी गरेको थियो। उक्त आदेश अनुसार निमा तामाङ न्यायालयमा उपस्थित नहुँदा पुन: न्यायालयले उनको सम्पती कुड्की गर्ने निर्देश दिएको थियो। जसको कारण आज पुलिसले सिड फार्ममा अवस्थित उनको घरबाट सम्पूर्ण सम्पति जफत गरेको हो।


गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा निमा तामाङ भुमिगत भएपछि सिडफार्ममा अवस्थित घरमा उनका पत्नि अनि दुईजना नानीहरू बस्दै आइरहेको थिए। यता न्यायालयले निमा तामाङको सम्पति जफत गर्ने आदेश जारी गरेपछि आज बिहान कालेबुङ पुलिस सिडफार्ममा अवस्थित तामाङको घरमा पुगेर सम्पति जफत गर्ने कार्य गरेको हो। यस अवसरमा तामाङको घरमा कालेबुङ जिल्ला पुलिसका जवानहरू सँगै महिला पुलिस, सिभिक पुलिस अनि स्पेशल फोर्सका जवानहरू पुगेका थिए।

सर्वप्रथम तामाङको घरलाई चारैतिरबाट पुलिसले घेराबन्दी गरेको थियो भने थाना प्रभारी टी.एस नाथले घरका सम्पूर्ण सम्पत्ति जफत गर्ने न्यायालयका आदेश परिवार पक्षलाई सुनाएका थिए। उनले न्यायालयको आदेश अनुसार सम्पूर्ण सम्पत्ति जफत गर्ने आदेश सुनाएपछि नै घरका सम्पत्तिहरू निकालेर जफत गर्ने कार्य थालिएको थियो। यसक्रममा निमा तामाङका घरभित्र रहेका सम्पूर्ण समानहरू पुलिसले जफत गरेको छ भने घरका दैलो, खिड्की, सोफासेट, बेडसँगै, टेलिभिजन लगायत अन्य समाग्रीहरू पनि वाहनमा लादेर लगेको छ।

यता पुलिसले सम्पूर्ण सामाग्रीहरू जफत गर्न थालेपछि निमा तामाङकी पत्नि भावुक बनेर रोईरहेकी थिइन् भने उनलाई महिला पुलिसहरूको निगारानिमा राखिएको थियो। आफ्नो घरबाट एकपछि अर्को गर्दै सम्पूर्ण समानहरू पुलिसले निकालेर लाँन थालेपछि निमा तामाङकी पत्नी पुजा कोठामा गएर रोइरहेको दृष्यले सबैलाई विचलित बनाएको थियो।

न्यायालयको आदेश अनुसार सम्पत्ति जफत गरिएको हो – थाना प्रभारी
यता पुलिसले निमा तामाङको घरबाट समानहरू जफत गरेको सन्दर्भमा कालेबुङ थाना प्रभारी टीएस नाथलाई प्रश्न गर्दा उनले न्यायालयको आदेश अनुसार घरका सामानहरू जफत गरिएको जानकारी दिएका छन्।
‘निमा तामाङ विरुद्ध थुप्रै मुद्दाहरू छ। एकमहिना अघाडी न्यायालयले प्रोक्लामेसन अर्डर निकालेको थियो। यसबारे हामीले उनको परिवार पक्षलाई जानकारी दिएका थियौँ। यता दुई दिन अघाडी न्यायालयले एटेचमेन्ट अर्डर निकालेपछि हामीले त्यहीँ आदेश अनुसार सम्पूर्ण सम्पत्ति जफत गरेका छौँ’ कालेबुङ थानाका प्रभारी टीएस नाथले अझ भने –‘अब यो सम्पूर्ण सम्पत्तिहरू न्यायालयको अधिनमा रहनेछ। उनको घर पनि बन्द गरेर चाबी लिएका छौँ। यो सबै हामी न्यायलयलाई सूचित गर्नेछौँ।’
Passang Tamang
दाजु निमा तामाङ राजनैतिक षडयन्त्रका शिकार भए – पासाङ तामाङ
निमा तामाङको घरका सम्पत्तिहरू जफत गरेपछि उनका भाइ पासङ तामाङले उक्त घट्ना दुर्भाग्यपूर्ण रहेको बताउँदै कसैको पनि घर यसरी नरित्तियोस् भनि बताएका छन्। उनले दाजु-भाइमा राजनैतिक सिद्धन्त बेग्ला बेग्लै रहेको भए पनि रगतको साइनो गहिरो रहेको कारण यतिबेला आफु पूर्णरूपले दाजुको परिवार पक्षसँग साथमा रहेको बताएका छन्।
‘दाजु राजनैतिक षडयन्त्रका शिकार भएका छन्’ पासाङ तामाङले अझ भने –‘कसैलाई बेघर गर्नु राम्रो होइन। आज उनी दोषी होलान् तर उनका परिवार दोषी छैनन्। यसकारण आज निमा तामाङलाई खाने भोलि निश्चय नै अरूलाई पनि खानेछ।’ यसक्रममा उनले कसैलाई पनि खेद्ने राजनीति नहुनुपर्ने भन्दै यो खेद्ने प्रकारको राजनीति सम्पूर्ण पहाडवासीकै निम्ति दुर्भाग्यपूर्ण हो भने। यसक्रममा उनले राजनीति गर्दा आफुसँगै आफ्ना परिवार पनि बचाएर गर्नुपर्ने आह्वान गरेका छन्। ‘मेरो दाजु कहाँ छन् त्यो थाह छैन तर म उहाँलाई भन्छु –आफुँ र आफ्ना परिवारलाई बचाएर राजनीति गर्नुपर्छ’ पासाङ तामाङले भने।
भिडियो हेर्नका निम्ति यहाँ थिच्नुहोस्

4 comments:

  1. Humanity भन्ने विचार भावना सकियो

    ReplyDelete
  2. Yo ekdamai chintajanak bisaya ho

    ReplyDelete
  3. Yo ta Sarai dukhh ko khaber Ho.
    Rajniti MA Vai Nima ko kehi dos vaye pani..
    Aaj unko parivar MA thulo khati vayo.

    ReplyDelete
  4. एकदमै अन्याय भयो । बङ्गाल सरकारको षड्यन्त्र भयो ।

    ReplyDelete

Post Bottom Ad