अविरल वर्षाले राष्ट्रिय राजमार्ग बाधित; 29 माइलमा 3 घण्टा बाटो बन्द रहने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, September 14, 2018

अविरल वर्षाले राष्ट्रिय राजमार्ग बाधित; 29 माइलमा 3 घण्टा बाटो बन्द रहने

गफसफ.com, कालेबुङ 15 सितम्बर।
रातभरी परेको अविरल बर्षाले राष्ट्रिय राजमार्ग 10 अनि 31 बन्द भएको छ। राष्ट्रिय राजमार्ग 10 को विभिन्न ठाउँहरूमा पैह्रो गएको छ भने 31 राजमार्गको बाघपुल नजिक मङ्पोङमा पैह्रो गएर यातायात बन्द भएको छ। 
२९ मेलामा बन्द बाटो- फोटो केशर मोक्तान  

विशेष गरेर सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग 10 को 29 माइलमा अघिबाटै पैह्रो गएको कारण सडकको आधाभन्दा धेर भाग नै टिस्टा नदिएमा झरेको छ। उक्त ठाउँमा याता याता सूचारू गर्नका निम्ति आज विभागीय पक्षबाट दिउँसो 12 बजेदेखि 2 बजेसम्म अनि 5 बजेदेखि 6 बजेसम्म बाटो पूर्णरूपले बन्द राख्ने घोषणा गरेको छ। उक्त बन्दको समयमा विभागले बाटोलाई फराकिलो बनाएर यातायात सूचारू गराउन पछिल्लो भित्ता कटिङ गर्ने भएको छ। यसकारण उक्त समयमा राष्ट्रिय राजमार्ग 10 को 29 माइल भएर वाहनहरूको चलाचल बन्द गर्ने पीडब्ल्युडी हाइवे डिभिजनले सूचित गरेको छ।
सेतीझोडा नजिक झरेको पैह्रो 
अर्कोतर्फ आज रातभरी परेको पानीले कालिझोडा नजिक सेतीझोडा छेउ माथीबाट पैह्रो झरेको छ भने सेभोक कालिमन्दिर नजिक पनि माथीबाट पैह्रो झरेको कारण यातायात बाधित बनेको छ। सेतीझोडामा माथिबाट डुङ्गा माटो माथिबाट झरेर सडकका थुप्रिएको छ भने समय-समयमा ढुङ्गा झरिरहेको कारण यातायात गर्न जोखिमपूर्ण बनेको छ। यता उक्त बन्द भएको ठाउँहरूमा विभागले स्काभेटर तैनाथ गर्ने कार्य गरिरहेको छ भने सडकमा थुप्रिएका ढुङ्गा माटो सोह्रेर यातायात सुचारू गर्ने प्रयास गरिरहेको छ।

अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गको यात्रा अहिलेघरी जोखिमपूर्ण बनेको कारण यात्रीहरूलाई आफ्नो निर्धारित ठाउँमा पुग्नका सावधानीपूर्वक यात्रा गर्ने विभागले अपिल गरेको छ। राष्ट्रिय राजमार्गको 29 माइल क्षेत्रमा माथिबाट हिलो माटो सोह्रिएर झरिरहके ठाउँमा पनि बाटो बन्द भएको छ। नजिकै दुई ठाउँ माथिबाट पैह्रो हिलो माटो सोह्रेर मैला सडकमा थुपारेको कारण उक्त ठाउँमा बाटो बन्द भएको हो।

1 comment:

  1. यस्तो खबर समयमा दिनुहुने हाम्रो पत्रकार साथीरूलाई धन्यवाद

    ReplyDelete

Post Bottom Ad