सांसद आहलुवालीया आइपुगे सिलगडी; भने –‘विमल गुरुङ दार्जीलिङ-डुवर्स तिरै छन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 23, 2018

सांसद आहलुवालीया आइपुगे सिलगडी; भने –‘विमल गुरुङ दार्जीलिङ-डुवर्स तिरै छन्’

गफसफ.com, सिलगडी 23 अगस्त।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समय आफ्नो संसदीय क्षेत्रमा जनता गोलि लागेर सहिद बनिरहेको अवस्थामा भ्रमण गर्न नभ्याएका सांसद एस.एस आहलुवालीया बुधबार अचानक सिलगडी आइपुगेका थिए। उनले सिलगडीमा आउनसाथ पत्रकार सम्मेलन आयोजना गरेर पहाडको अवस्था बिग्रनुको सम्पूर्ण जिम्मेवार राज्य सरकार रहेको आरोप लगाएका छन्।
सांसद एस.एस आहलुवालीया-फाइल फोटो 
सांसद आहलुवालीयाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अलग राज्य गोर्खाल्याण्ड अनि राज्यमा रोहोङ्गियाहरूलाई अवैद्यरूपले बसाउने कार्य गरेको विषयमा केन्द्रिय गृहमन्त्रालयले पश्चिम बङ्गाल सरकारको बिचार जान्न चाहेको पनि दाबी गरेका छन्। उनले यसैको निम्ति आगमी सितम्बर महिनामा केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले उच्चस्तरीय वैठक दिल्लीमा बोलाएको पनि  उनले दाबी गरेका छन्।
‘अलग राज्यलाई लिएर वितेको वर्ष तीन महिनाभन्दा अधिक पहाड बन्द भइरहेको समयमा 26 सितम्बर 2017 का दिन गृहमन्त्री राजनाथ सिंहले आन्दोलनकारीहरूलाई बन्द समाप्त गर्ने अपिल गरेका थिए’ सांसद आहलुवालीयाले अझ भने – ‘यसैको पछि आन्दोलन समाप्त भयो। केन्द्र सरकारले गोर्खाल्याण्ड मुद्दामा त्रिपक्षीय वार्ताको पहल गरेको हो तर, राज्य सरकारले सहयोग नै गरेन।’
यसक्रममा सांसद आहलुवालीयाले भूमिगत नेता विमल गुरुङ दार्जीलिङ-डुवर्स क्षेत्रमा नै रहेको दाबी गरेका छन्। उनले आफ्नो संसदीय क्षेत्रमा कुनै पनि असंवैधानिक कार्यको आघातबाट बचाउने आफ्नो जिम्मेवारी रहेको भन्दै भूमिगत नेता विमल गुरुङसँग आफु सम्पर्कमा रहेको पनि बताएका छन्। यसैक्रममा उनले त्रिपक्षीय वार्तामा यदि राज्य सरकार राजी नभए केन्द्र सरकारले दुईपक्षीय वार्ता मार्फत् स्थिति साम्य पार्ने दाबी गरेका छन्। उनले वास्तविक स्थितिको जानकारी लिन केन्द्रिय गृहमन्त्री राजनाथ सिंह अनि प्रधानमन्त्री नरेन्द्र मोदी स्वंय दार्जीलिङ अथवा डुवर्सको भ्रमण गर्ने पनि आहलुवालीयाले जानकारी दिएका छन्।

1 comment:

  1. बिमल जिन्दा बात बिनयको पालमा गोरखालेन्ड भन्यो भने त जेल जानु पर्छ तर बीमलदाले त हाम्रो मुद्दा बचाएर राखेको छ । जय ब्मल जय गोरखालेन्ड

    ReplyDelete

Post Bottom Ad