गोजमुमोले गर्‍यो छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 18, 2018

गोजमुमोले गर्‍यो छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको घोषणा


‘आन्दोलन वौद्धिक अनि गणतान्त्रिक पद्धतीमा दिल्लीमुखी हुनेछ – भुवन पी. खनाल
गफसफ.com, कालेबुङ 18 अगस्त। 
‘गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई वौद्धिक र गणतान्त्रिक पद्धतिमा अघि बडाउँदै दिल्ली मुखी कार्यक्रमलाई अघि लाने निर्णय लिएको छ’-उक्त कुरा गोजमुमो प्रवक्ता भुवन खनालले भनेका हुन्।
गोजमुमो प्रवक्ता भुवन खनाल
उनले गोजमुमो कालेबुङ जिल्ला समितिको आयोजनामा आज पार्टीको अधिवेशन सम्पन्न भएको जानकारी दिँदै उक्त मत्वपूर्ण प्रस्ताव आजको अधिवेशनमा पारित गरेको जानकारी दिएका छन्। यहाँको एक होटलमा सम्पन्न भएको उक्त अधिवेशनमा गोजमुमो कालेबुङ जिल्ला कमिटि अधिनस्थ रहेका सम्पूर्ण समष्टि कमिटिका पद अधिकारीवर्गलाई सँगै भातृसङ्गठनका पदअधिकारीवर्ग उपस्थित रहेका थिए।
अधिवेशनसको समापन पछि प्रवक्त भुवन खनालले पत्रकारहरूलाई सम्बोधन गर्दै अधिवेशनको पहिलो चरणमा पार्टीका विभिन्न तप्काका अधिकारीवर्गले साङ्गठनिक क्रिया कलापबारे आ-आफ्ना प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिँदै दोस्रो चरणमा भने जातिय अन्मुक्तिको सवाललाई पार्टीले कसरी अघि बडाएर लानुपर्ने भन्ने विषयमा चर्चा गरिएको पनि प्रवक्ता खनालले जानकारी दिएका छन्। उनले नगरपालिका क्षेत्रदेखि लिएर ग्रामीण क्षेत्रमा पार्टीले कसरी कार्य गर्नुपर्ने हो भन्ने विषयमा चर्चा परिचर्चासँगै बिकासका कार्यहरू तृणमूल स्तरमा कसरी पुर्‍याउन सकिन्छ भन्ने सन्दर्भमा पनि चर्चा गरिएको उनले बताएका छन्।
उनले गोजमुमो पार्टीको इतिहासमा पहिलोपल्ट अधिवेशन सम्पन्न भएको दाबी गर्दै नयाँ सोँच र नयाँ विचार अनुसारले पार्टीले कुनै पनि कार्य गर्न अघि यसरी अधिवेशन मार्फत् चर्चा परिचर्चा गरेर निष्कर्ष निकाल्ने परम्पराको थालनी गर्ने पनि बताएका छन्।
‘आगमी छुट्टै राज्य प्राप्तिको संघर्षलाई वौद्धिक रूपमा अघि बडाउने अनि जनतालाई कुनै प्रकारको प्रताडित नगरी दिल्ली मुखी कार्यक्रम मार्फत् छुट्टै राज्यप्रातिको संघर्ष गर्ने आजको अधिवेशनमा प्रस्ताव पारित गरिएको छ’ भुवन खनालले अझ भने –‘हामी आम जनताको समस्या समाधान गर्नका निम्ति प्रतिवद्ध छौँ।’ उनले अधिवेशनमा जनताका अन्य समस्याहरूबारे पनि चर्चा भएको बताउँदै सम्पूर्ण पारित प्रस्तावलाई केन्द्रिय समितिमा पठाएर भावी रणनीति तयार पारिने पनि खनालले जानकारी दिएका छन्।

2 comments:

  1. भयो हौ, भयो! फेरि के पुगेन? पैसा को खँचो भयो की जन सम्थण को खुलस्त भन्न न ! पेरो तले जमिन दिन दिन खिशक चुका! क्या अब अपने घर और आँगन को ले के गोर्खालण्डन बनाओगे ? नाटक छोडदो भला होगा काम करो..

    ReplyDelete
  2. ये बात कुछ हजम नहीं हुई... हा हा हा हा हा
    जोकरहरुसंग जोक्सको भंडार त भएकै हो !..

    ReplyDelete

Post Bottom Ad