गोर्खाल्याण्डको नाउँमा दिल्लीबाट देउसी खेल्नेहरू आउनेछन् – निरज जिम्बा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 24, 2018

गोर्खाल्याण्डको नाउँमा दिल्लीबाट देउसी खेल्नेहरू आउनेछन् – निरज जिम्बा


गफसफ.com, कालेबुङ 24 अगस्त।
‘अब चुनाव आउन लाग्यो दिल्लीबाट गोर्खाल्याण्डको नाउँमा देउसुरे खेल्नेहरू आउनेछन्’ उक्त कुरा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता निरज जिम्बाले भनेका हुन्। बिहिबार कालेबुङको डुङ्ग्रा सार्वजनिक भवनमा पार्टीले आयोजना गरेको नागरिकता दिवसलाई सम्बोधन गर्दै जिम्बाले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा भोट माग्ने मुद्दा मात्र बनिरहेको आशय प्रकट गर्दै भाजापा नेताहरू पुन: दिल्लीबाट गोर्खाल्याण्डको नाउँमा भोटमाग्न आउन सक्ने बताएका हुन्।

उनले आफ्नो सम्बोधनको क्रममा छैटौँ अनुसूचीको गुणगान गर्दै अहिलेसम्म छैटौँ अनुसूचीको मुद्दा जीवित रहेको पनि दाबी गरेका छन्। उनले छैटौँ अनुसूचीको बिललाई रोक्नका निम्ति षडयन्त्र चलेको भन्दै प्रशान्त फ्यान क्लबलाई पार्टीमा परिवर्तन गरेर छैटौँ अनुसूची रोक्नु ठूलो षडयन्त्र चलेको दाबी नै गरे। उनले छैटौँ अनुसूचीको मुद्दालाई स्ट्याण्डीङ कमिटिमा पठाएपछि सबैले आ-आफ्नो पक्षका मानिसहरूले मन्तव्य प्रकट गरेको बताउँदै सुवास घिसिङले छैटौँ अनुसूचीको मुद्दालाई सही रणनीतिको साथमा अघि बडाएको दाबी गरे।
जिम्बाले सम्बोधन गर्नेक्रममा कतिपय नेताहरूले हरियो झण्डा हराएर जाने भन्दै बयान दिएको बताउँदै भने ‘हरियो झण्डा बङ्गालको कमिशनले फर्फराउँदैन।’ उनले आफ्नो सम्बोधनको क्रममा स्व. सुवास घिसिङको निक्कै गुणगान गाएका थिए भने यसक्रममा राजनीतिमा चुनाव जित्न पनि आवश्यक रहेको बताए।

1 comment:

  1. केन्द्र सरकारले गोर्खा समुदायप्रति इमान्दारीता राख्न नचाहेको फेरि पनि यही फेटावाला सांसदको वक्तव्यले प्रस्ट पार्दैछ। गोर्खाल्याण्डको सन्दर्भमा हामीलाई इमोशनल ब्ल्याक मेल गर्दै आफ्नो दुनो सोझ्याउने केन्द्र सरकारको यो अर्को एक षढयन्त्र हो। "छैटौं अनुसूचीको व्यवस्थाबाट गोर्खे जातिले भारतको संविधानीक राज्यनीतिमा अशंग्रहण गरेर भविष्यमा पारंगत भए भने कतै गुलामी गर्ने जातिको सिकंजमा त पर्नु पर्दैन भन्ने डरको मनसायबाट नै घरि घरि हुडल्न र दार्जीलिगंको राजनैतिक अस्थिरता बनाई राख्ने योजनामा नै संवेदनाको धन्दा चलाएर वास्तविक कुरोदेखि विमुख पारिंदैछ जो गोर्खे जातिको निम्ति एकदमै घातक सिद्ध हुनेछ।

    ReplyDelete

Post Bottom Ad