सीआईडीले पत्तो लगाउने सेर्पा दम्पतीका हत्यारा; सुरू गर्‍यो जाँच कार्य - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 19, 2018

सीआईडीले पत्तो लगाउने सेर्पा दम्पतीका हत्यारा; सुरू गर्‍यो जाँच कार्य


गफसफ.com, कालेबुङ 19 अगस्त।
पेदोङमा भएको सेर्पा दम्पतीको हत्याको रहस्य अब सीआईडीले पत्तो लगाउनेछ। पुलिसले हत्याकाण्डको जाँच सीआईडीको हातमा सुम्पिएपछि सीआईसीले जाँच कार्य अघि बडाएको छ। घट्नाको रहस्य पत्तो लगाएर हत्यारासम्म पुग्न सीआईडीले जाँचको जिम्मा आफ्नो हातमा आउन साथ घट्ना स्थलको भ्रमण गरेर नमुना समेत सङ्कलन गरेका छन्।
घटनास्थलमा सीआईडी जांच अधिकारीवर्ग

फुर्तेम्बा सेर्पा अनि कुसुम सेर्पाको हत्या कसरी भयो? हत्याको पछि के कारण छ? क-कसको हात हुनसक्छ? पारिवारिक दुश्मनी कि चोरिको कारण हत्या गरियो? हत्यारा गाउँकै हुन् कि बाहिरका? जस्ता प्रश्नहरूलाई अघि राखेर सीआईडीले जाँच कार्य अघि बडाएको छ।
अजय राणा दे, आईजी, सीआईडी
पुलिसले उक्त हत्याकाण्डको जाँच कार्य सीआईडीलाई सुम्पिएपछि आज सीआईडीका आईजी अजय राणा देको नेतृत्वमा एउटा विशेष टोलिले घट्ना स्थलको भ्रमण गर्‍यो। भ्रमण अवधी टोलिमा विभिन्न प्रकारका विशेषज्ञहरू पनि सामेल रहेका थिए। जुन विशेषज्ञहरूले घट्ना स्थलबाट हरेक प्रकारका नमुना सङ्कलन गरेका छन्। जुन नमुनाहरू उच्च स्तरीय ल्याबमा टेस्ट गरेर सीआईडीले सेर्पा दम्पतीका हत्यारालाई चाँढै पत्राउ गरेर हत्याकाण्डको रहस्य उदाङ्गो पार्ने भएका छन्।
घट्नास्थलको जाँच गर्दै सीआईडी टोली 
सेर्पा दम्पतीको हत्याकाण्डको जाँच गर्न आज सीआईडीका आईजी अजय राणा दे सँगै उत्तर बङ्गाल पुलिस आईजी मनोज कुमार वर्मा, दार्जीलिङ जिल्ला पुलिस अधिक्षक अखिलेश चतुर्वेदी, कालेबुङ जिल्ला पुलिस उप-अधिक्षक अतुल विश्वनाथन आदि घट्ना स्थलमा पुगेका थिए। उनीहरूले घट्ना स्थलको विभिन्न कोणबाट छानबीन गरेर हरेक सम्भावनाहरू माथि जाँच कार्य आरम्भ गरेका छन्। घट्ना स्थलको भ्रमण पछि सीआईडीका आईजी अजय राणादे-ले घट्ना स्थलबाट धेरै ‘क्लु’ पाएको दाबी गरेका छन्। यसक्रममा उनले चाँढै हत्यारा पक्राउ गर्नलाई प्रयास गरिने पनि बताएका छन्।
‘यो हत्याकाण्डको जाँच सीआईडीको हातमा आएको छ। यसैकारण आज सीआईडीको एक विशेष टोलि यहाँ जाँच गर्न आएका हुन्। सीआईडीको पक्षबाट जाँच गरेर यो घट्नामा संलग्न रहेका व्यक्तिलाई चाँढै पक्राउ गर्नेछौँ’ सीआईडीका आईजी अजय राणा देले पत्रकारहरूलाई भने।

3 comments:

Post Bottom Ad