नरेश कटुवाल प्रेम सेर्पा विरोकी पुरस्कारले सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 22, 2018

नरेश कटुवाल प्रेम सेर्पा विरोकी पुरस्कारले सम्मानित

गफसफ.com, सोनादा 22 अगस्त।
युवा कवि नरेश कटुवाललाई चौथो प्रेम सेर्पा विरोकी पुरस्कारले सम्मानित भएका छन्। नेपाली साहित्य सम्मेलन दार्जीलिङको आयोजनमा सम्पन्न 26 औँ भाषा दिवस समारोहमा कटुवललाई उक्त पुरस्कार प्रदान गरिएको हो। सम्मेलनको सुधपा प्रेक्षागृहमा सम्मेलनका अध्यक्ष सचेन राई दुमीको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा कवि नरेश कटुवाललाई अध्यक्ष सचेन राई पुर्व अध्यक्ष डा. सी.के.राई, अनि उपाध्यक्ष मेघमनी दाहालको बाहुलीबाट कवि प्रेम शेर्पा विरोकी पुरस्कार प्रदान गरियो।
युवा कवि नरेश कटुवाललाई अथितिहरुको बाहुलीबाट दोसल्ला, जातीय टोपी पहिराएर स्मृति चिन्ह, सम्मान पत्र सहित १५ हजार राशी प्रदान गरियो। यसै अवसरमा भाषा सङ्रामी कर्ण थामीलाई अध्यक्ष सचेन राई,पुर्व अध्यक्ष गोपीचन्द्र प्रधान अनि उपाध्यक्ष डा वीणा हाङखिमको बाहुलीबाट दोसल्ला र जातीय टोपी पहिराएर स्मृति चिन्हसहित सम्मान पत्र प्रदान गरि सम्मान जनाइएको थियो।
जोगेन दर्नालद्वारा सन्चालन गरिएको कार्यक्रममा भाषा संग्रामी कर्ण थामीबारे सचेन राई अनि कवि प्रेम शेर्पा विरोकीबारे प्रा.कविन्द्र कुमार तामाङ पुरस्कृत युवा कवि नरेश कटुवालबारे सुर्य श्रेष्ठले संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा नेसासको दियालो पत्रिकाको १५२ औ अङ्कको पनि विमोचन गरियो।

2 comments:

  1. तेस्रो होइन चौथो शेर्पा बिरोकी स्मृति पुरस्कार नरेश कटुवाललाई

    ReplyDelete
  2. चौथो प्रेम शेर्पा बिरोकी स्मृति पुरस्कार नरेश कटुवाललाई

    ReplyDelete

Post Bottom Ad