4 सय भन्दा अधिकले पाउने भए पर्जा-पट्टा; दार्जीलिङ भ्रमणमा मुख्यमन्त्रीले बाँड्ने भइन् पर्जा-पट्टा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 31, 2018

4 सय भन्दा अधिकले पाउने भए पर्जा-पट्टा; दार्जीलिङ भ्रमणमा मुख्यमन्त्रीले बाँड्ने भइन् पर्जा-पट्टा


गफसफ.com, दार्जीलिङ 31 अगस्त।
जीटीए क्षेत्र अधिनस्थ रहेका वनबासीहरूलाई पर्जा-पट्टा प्रदान गरिने सन्दर्भमा जीटीए मुख्यालय लालकोठीमा आज जिल्ला प्रशासन, वन विभागीय अधिकारीवर्ग अनि जीटीए प्रशासन माझ वैठक सम्पन्न भएको छ। वैठक पछि पत्रकार सम्मेलन अरेर जीटीए वोर्ड अध्यक्ष विनय तामाङले मुख्यमन्त्रीको दार्जीलिङ भ्रमणमा 3 सय वनबासीहरूलाई आफ्नो जमीनको पर्जा-पट्टा दिने घोषणा गरेका छन्।
Binay Tamang - File Photo
उनले वनबासीहरूलाई पर्जा पट्टा प्रदान गरिने सन्दर्भमा एकाधिक वैठकहरू सम्पन्न भइसकेको बताउँदै दार्जीलिङ अनि कालेबुङ जिल्ला अधिनस्थ रहेका 8 वटा खण्डहरूमा रहेका बनवस्तीहरूमा एफआरसी कमिटि बनिएको अनि नबनिएको ठाउँमा पनि चाँढै बनिने भएको जानकारी दिएका छन्।
‘सम्पूर्ण कागज पत्रहरूको जाँच पछि दार्जीलिङबाट लगभग तीन सय अनि कालेबुङबाट एकसय भन्दा अधिक वनबासीहरूलाई आगमी मुख्यमन्त्री भ्रमण अवधी पट्टा दिने तय गरेका छौँ’ विनय तामाङले भने। यसक्रममा उनले आफुहरू कानुन अनुसार नै कार्य गरिरहेको दाबी गर्दै यसलाई लिएर राजनीतिकरण गर्न नहुने पनि आह्वान गरेका छन्।
यसक्रममा उनले दार्जीलिङ जिल्लाका वनवासीहरूले आफ्नो जमीनको मालिका हकको निम्ति आफुहरूलाई गरेको आवेदनबारे पनि जानकारी दिएका छन्। हालसम्म दार्जीलिङ जिल्लाबाट मोठ 1 हजार 509 जना अनुसूचित जनजाति परिवारले जमीनको मालिकाना अधिकारको लागि आवेदन गरेको अनि 1 हजार 232 जना अन्य समुदायका वनवासीहरूले जमिनको मालिका अधिकारको निम्ति आवेदन चडाएको बताएका छन्। यसैक्रममा कालेबुङ जिल्लाका मोठ 3 हजार 376 जना अनुसूचित जनजाति अनि 4 हजार 626 जना अन्य समुदायका वनबासीहरूले जमिनको मालिका अधिकारका निम्ति आवेदन बुझाएको जानकारी दिएका छन्। उक्त आवेदनहरूको जाँच प्रक्रिया गरेर धेरैको आवेदन पारित भएको अनि रहल आवेदनहरू पनि जाँच गरेर पारित गरिने तामाङले स्पष्ट पारेका छन्।
‘अहिलेघरी जनजाति समुदायले पट्टा पाउँदैछन् अनि  गैर जनजाति समुदायले पनि पट्टा पाउनेछन्। यसका निम्ति कतिपय सरकारी मापदण्ड पुरा गर्नुपर्ने हुँदछ। हामी सबै वनबासीलाई उनीहरूको अधिकार दिलाएर छाड्नेछौँ’ विनय तामाङले अझ भने।

1 comment:

  1. Parja patta dida sabailai deyako ramro ho tara yaha ta adha lai dinay adha lai nadhinay yo sarasari sevok rangpo Rail margalai nisana banayara didaicha hami tyeti pani

    ReplyDelete

Post Bottom Ad