मोहन ठकुरीकृत ‘सर्जक सन्दर्भ’-को विमोचन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 1, 2018

मोहन ठकुरीकृत ‘सर्जक सन्दर्भ’-को विमोचन


गफसफ.com, सिलगडी 1 मई।


कवि मोहन ठकुरीकृत सर्जक सन्दर्भ’-को विमोचन गरिएको छ। सिलगडीको सालबारी स्थित गोर्खा सम्मिलन भवनमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो। निःशब्द, अभिन्न अक्षर, मेरो अँगालोको रात, ह्याङओभर, काजी नजरुल इस्लाम, नेपाली कविता यात्रा (अनुवाद), आदि कृतिहरू लेखिसकेका कवि मोहन ठकुरीको सर्जक सन्दर्भसंस्मरणात्मक निबन्ध सङ्ग्रह हो।



कवि मोहन ठकुरीको रचनामा पाठकवर्गले भाषा शैलीको बेग्लै मोहकता पाउँछन्। उनले शब्दहरूलाई तौलिन्दै प्रयोग गर्छन्। एउटा-एउटा शब्द पुन: प्रयोग गर्न परे उनी वैकल्पिक शब्द खोज्छन्। जसको कारण वाक्यहरूको बुनौट सुन्दर र आकर्षक बनेका हुन्छन्। ठिक त्यस्तै सुन्दर भाषाको प्रयोगले ठकुरीकृत सर्जक सन्दर्भ पाठकहरूले पाएका छन्कवि सुधीर छेत्रीले पुस्तकमाथि पाठकिय टिप्पणी राख्दै भने। उनले सर्जक सन्दर्भ मार्फत् धेरै कुराहरूको खुलस्त पारेको बताउँदै समग्रमा नेपाली साहित्यमा एउटा राम्रो कृतिको सिर्जना भएको पनि उनले बतएका छन्।

सर्जक सन्दर्भ पाठकहरूले पड्द एउटा सुन्दर वृत्तचित्र हेरेको जस्तो अनुभव हुँदछ। जसरी सिद्धहस्त पटकथा लेखकले लेखेका कथालाई निर्देशकले कुशल निर्देशन गरेर सुन्दर वृत्तचित्र निर्माण गर्छन् त्यसरी नै भाषालाई कलात्मक प्रयोग गरेर एउटा अत्यन्तै राम्रो वृत्तचित्र जस्तो सर्जक सन्दर्भनिर्माण गरेका छन् मोहन ठकुरीलेकवि मनप्रसाद सुब्बाले भने।

उनले सर्जनक सन्दर्भमा भाषाको सुन्दर प्रयोग भएको भन्दै जुन भाषाले पाठकहरूलाई आकर्षित पार्ने बताएका छन्। कवि ठकुरीले शब्दलाई आदेश दिन्छन् अनि नचाउँछन्। उनको आदेश पाएपछि शब्दले गति पक्रउन्छन्। यो उहाँको लेखनको शाब्दिक कलाकरित होमनप्रसाद सुब्बाले झ भने। 

वरिष्ट साहित्यकार नरबहादुर दहालले अध्यक्षता गरेको कार्यक्रममा कवि मनप्रसाद सुब्बा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा कवि नोर्ज्याङ स्याङदन, साहित्यकार एडोन रोंगोङ, कथाकार सञ्जय विष्ट, कवि सुधीर छेत्री विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए भने विभिन्न क्षेत्रहरूबाट साहित्यकारहरूको रमाईलो जमघट बनेको थियो। 

यस अवसरमा उपमा प्रकाशनको पक्षमा कथाकार सञ्जय विष्टले स्वागत सम्बोधन राखेका थिए। कार्यक्रममा कवि नोर्ज्याङ स्याङदन, कवि सुरेन्द्र थीङ, कमला राई, कमला तामाङ अनि श्रीमती पवित्र लामाले कविता वाचन गरेका थिए।

यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सर्जक सन्दर्भका लेखक मोहन ठकुरीले आफु शंकर लामिछाने, राजनारायण प्रधान र डा. इन्द्रबहादुर राईको भाषा शैलीले समेत मोहित बनेको बताउँदै आफुले पनि केही भिन्न भाषा शैलीको प्रयोग गर्ने प्रयास गरिरहेको बताएका छन्। 

कवियत्री रेमिका थापाद्वारा सञ्चालित कार्यक्रमलाई ज्ञानेन्द्र खतिवडाले आभार प्रकट गरेका थिए। 

2 comments:

Post Bottom Ad