हिंसात्मक घट्नाहरूबिच राज्यमा 72.2 प्रतिशत मतदान; हाइकोर्टले जारी गर्‍यो चुनाव आयोग र राज्य गृह सचिवलाई समन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 14, 2018

हिंसात्मक घट्नाहरूबिच राज्यमा 72.2 प्रतिशत मतदान; हाइकोर्टले जारी गर्‍यो चुनाव आयोग र राज्य गृह सचिवलाई समन


गफसफ.com, दार्जीलिङ 14 मई।

पश्चिम बंगाल राज्यमा पञ्चायत चुनाव अवधी भएको हिंसात्मक घट्नात्मकलाई लिएर हाइकोर्टले मुख्य सचिव चुनाव र आयोगलाई समन जारी गरेको छ। तृणमूल कङ्ग्रेसले यता पञ्चायत चुनावमा भएको हिंसात्मक घट्नालाई सामान्य घट्ना बताएको छ भने भारतीय जनता पार्टीले पश्चिम बङ्गालमा राष्ट्रपति शासन लागु गर्नुपर्ने माग गरेको छ। विहान 7 बजेदेखि सुरु भएको चुनाव साँझ 5 बजेसम्म सम्पन्न भएको थियो भने मोठ 72. 5 प्रतिशत चुनाव सम्पन्न भएको छ।



राज्यको 20 वटा जिल्लामा सम्पन्न भएको पञ्चायत चुनाव अवधी हाइकोर्टका मुख्य न्यायाधीशले कोर्टरूममा लाइभ हिंसाको फुटेज देखेपछि चुनाव आयुक्त अनि गृह राज्य सचिवलाई समन जारी गरेको हो। अर्कोतर्फ केन्द्र सरकारले राज्य सरकारलाई रिपोर्ट मागेको छ। बिहान 7 बजेदेखि सुरु भएको पञ्चायत चुनावमा विभिन्न ठाउँहरूमा भएको हिंसात्मक झडपमा 14 जनाको मृत्यु भएको खबर छ भने 50 भन्दा अधिक मानिसहरू घाइते बनेका छन्। हिंसात्मक घट्नालाई लिएर केन्द्रिय मन्त्री बाबुल सुप्रियोले मुख्य मन्त्री ममता ब्यानर्जी किन मौन छन्? भनि प्रश्न गरेका छन्।

बार काउन्सिलका सदस्य सुप्रदिप रोयले कोलकोता हाइकोर्टका चिफ जस्तिस ज्योतिर्मय भट्टचार्यलाई राज्यमा पञ्चायत चुनाव अवधी भएको हिंसात्मक घट्नाबारे जानकारी दिएका थिए। यसको साथै मुख्य न्यायाधिशले हिंसाका लाइभ घट्ना देखेका थिए। उनको कोर्ट रूमभित्र नै हिंसाका लाइभ तस्वीर देखेका थिए। त्यसपछि चिफ जस्टिसले राज्य गृहसचिव अनि चुनाव आयुक्तलाई समन जारी गरेका हुन्। यसका साथै उनले उक्त हिंसाका घट्नाबारे कुनै पनि वकिलले नयाँ मुद्दा दर्ता गर्न चाहे गर्न सक्नेछन् भनि बताएका छन्।

गृह मन्त्रालयका एक अधिकारीले बताए अनुसार राज्य सरकारले हिंसाको जन्म दिने परिस्थिति अनि हिंसामा सामेल भएकाहरूलाई दण्डित गर्नका निम्ति उठाइएका कदमहरूबारे विस्तृत रिपोर्ट मागेको छ। विभिन्न राज्यहरूबाट सुरक्षाकर्मीहरू तैनाथ गरेर चुनाव शान्तिपूर्ण गर्ने चुनाव आयोगको प्रयास हिंसात्मक घट्नाहरूले बिफल बनेको स्पष्ट भएको छ। विभिन्न राजनैतिक दलका कार्यहरूको झडप सँगै बुथ क्याप्चरका घट्नाहरूको सुरक्षा व्यवस्थाको सम्पूर्ण पोल खोलेपछि केन्द्रले विस्तृत रिपोर्ट मागेको हो।

पार्थ च्याटर्जीले भने - भोटिङ शान्तिपूर्ण भयो

पञ्चायत चुनाव अवधी भएको एकाधिक हिंसक घट्नालाई तृणमूल नेता पार्थ च्याटर्जीले स-साना घट्ना भनि टिप्पणी गरेका छन्। उनले प्रशासन तैनाथ भएको कारण कुनै ठूलो घट्ना नभएको दाबी गर्दै राज्यमा चुनाव शान्तिपूर्ण सम्पन्न भएको दाबी गरेका छन्। उनले चुनाव अवधी पत्रकारहरू माथि भएको हमलाको भने निन्दा गरेका छन्।

1 comment:

Post Bottom Ad