'बिजुली साँच्चै हराइन् ? - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 13, 2020

'बिजुली साँच्चै हराइन् ?

साहित्य / खोजबिन _____________________________________ नरबहादुर दाहाल

(नोट - नेपाली साहित्यमा रूपनारायण सिंह-को अधुरो उपन्यास ‘बिजुली’-को चर्चा हामीले सुनेका छौँ। अधुरो उपन्यास ‘बिजुली’ अधुरो रहनुको पछि के कारण थियो त्यो सोधको विषय होला। तर, हामीले यस विषयमा लेखहरू पनि भनेजस्तो पाएका छैनौँ। यसै सन्दर्भमा रूपनारयण सिंह-को अधुरो उपन्यास ‘बिजुली’ सम्बन्धि साहित्यकार नरबहादुर दाहाल-ले धेरै वर्ष अघि लेखेर प्रकाशित गरिसकेका लेख यहाँ गफसफ-का पाठकहरूका निम्ति प्रकाशित गरेका छौँ। उक्त लेखको जवाबमा डा. दिवाकर प्रधानले लेख्नुभएका लेख पनि हामीले छुट्टै प्रकशित गरेका छौँ – सम्पादक) 

'डाक्टर रामचरणले छोराछोरी भएन भनेर एउटी गरीब घरको बिजुलीलाई धर्मपुत्री पालेका थिए । उनले पढाई-लेखाई उसलाई ठूली बनाए । बिजुलीबाट ऊ माधवी भई। धेरै वर्षपछि डाक्टरको आफ्नै छोरो जन्म्यो। कलकत्तामा पढ्दै गरेकी माधवी एकपल्ट बिदामा घर पाउँमा प्रामाले भाइ पाएको सुनेर खुशीले उन्मत्त भई उसलाई समाउन जाँदा डाक्टरकी पत्नी रत्नाले 'यसरी बाहिरबाट पाएकीले नानीलाई, एक्कासि छुदा के-के लाग्छ' भन्ने वचन लगाइन् भनेर यही वचनवाणले मर्माहत भई बिजुली घर छोडेर निस्की। धेरै वर्षपछि उसले आफूलाई सुशीला नाउँ दिई एकजना साथीसंग पुलिसले पक्रेको एकजना युवकलाई, बचाउन अदालतमा पुगी ...।' यो हो स्व. रूपनारायण सिंहको सन् १९४६ मा लेखिएको अधूरो उपन्यासको छापिएजति भागको सारांश । यसबाट स्व. रूपनारायण सिंहको भाषाशैली बाहेक अरू केही थाहा लाग्दैन । यो अपूर्ण उपन्यास दार्जीलिङबाट सन् १६४६ मा पारसमणि प्रधानको सम्पादनमा प्रकाशित हुने भारतीमा प्रकाशित भएको थियो । त्यसताका भारतीका प्रधान-सम्पादक स्वयं रूपनारायण सिंह हुनुहुन्थ्यो ।

यसरी बिजुली घर छोडेर हिंडिन्... बिजुली बेपत्ता भइन् । त्यसपछि उनीसित कसैको भेट भएन । आजसम्म उनलाई कसैले भेटेको छैन । के बिजुली साँच्च हराइन् ? बिजुली किन र कसरी हराइन् ?

नेपाली साहित्यमा स्व. रूपनारायण सिंहको नाउँ एकजना अग्रगण्य उपन्यासकार तथा कथाकारको रूपमा अङ्कित छ । दार्जीलिङगे नेपाली जनजीवनलाई उहाँले जति अरू कसैले यथार्थ रूपमा कथा र उपन्यासमा चित्रण गर्न सकेको छैन भन्दा पनि हुन्छ । एउटै उपन्यास भ्रमरले उहाँमा भएको साहित्यिक प्रतिभालाई उजिल्याएको देखिन्छ । योबाहेक उहाँका कथा र कविता पनि बेजोड छन् । उहाँको विषयमा समालोचक रामकृष्ण शर्माले भन्न भएको छ- दार्जीलिङका उपज साहित्यकार रूपनारायण सिहले विशुद्ध साहित्यिक ध्येयले उच्चस्तरीय विशिष्ट उपन्यास लेखी सम्पूर्ण साहित्यिक क्षेत्रमा आफ्नो परिमाजित भाषा र नौलो शैलीको माध्यमद्वारा कलात्मक सृजनाका - दिए । तसर्थ पारसमणि प्रधान र धरणीधर शर्माको साहित्यिक देनभन्दा पनि महत्व रूपनारायण सिंहबाट दार्जीलिङक्षेत्रको नेपाली साहित्यले प्राप्त गयो। यस दृष्टिकोणबाट निहारी म रूपनारायण सिंहलाई विशिष्टस्तरीय विशुद्ध उद्देश्य-प्रेरित साहित्य प्रदान गर्ने दार्जीलिङक्षेत्रका प्रथम स्थानका अधिकारी हुन् भनी निर्णय गर्छ ।[१]

रूपनारायण सिंहको उपन्यास भ्रमरभन्दा उनका कथा-नवरत्नमा छापिएका कथाहरू उच्च कोटिका मानेका छन्- समालोचक इन्द्रबहादर राईले । कथाहरूमा पनि विध्वस्त जीवनलाई उनले श्रेष्ठ मानेका छन् ।[२]

रूपनारायण सिंहको यो अपूर्ण उपन्यास भारती (पहिलो वर्षको सङ्ख्या २ देखि सरल या ५ सम्म) मा क्रमश: छापिदै गयो। उहाँले यो उपन्यास लेखिसकेर छाप्न दिनुभएको थियो कि एक-एक अङ्कको लागि लेख्दै दिनुहन्थ्यो यो आज एउटा शोधको विषय भएको छ । तर भारती (पहिलो वर्षको पाँचौं सङ्ख्यापछि बिजलीको बाँकी किश्ता छापिएन । बरु सखया ६ मा यसको यस्तो विज्ञापन छापियो- अब बिजली पुस्तकाकारमा छापिनेछ ।सङ्खया ७ मा अर्को विज्ञापन पनि देखियो- "बिजुली, सामाजिक मौलिक उपन्यास, परिमार्जित भाषा, सुपाठ्य शैली (छापिदै छ)- मणि प्रिन्टिङ प्रेस दार्जीलिङ ।तर फेरि बिजुली देखा परिनन् बिजुली साँच्चै हराइन् !

बिजुली हराएपछि भारतीका प्रत्येक अङ्कमा बिजुली खोज्ने पाठकहरूलाई एकजना आफ्नै चेलीसित बिछोडिएको जस्तो लागिरह्यो। अनेक पाठकहरूले धुइरो लागेर यसलाई खोजे- साहित्यिकहरूमा यो व्यापक चर्चाको विषय भयो। तर पुस्तकाकारमा बिजुली कहिल्यै छापिएन । त्यसपछि विजुली कहाँ बेपत्ता भइन्- यो जिज्ञासा सबैमा रहिरह्यो । तैपनि जबसम्म रूपनारायण सिंह हुनुहुन्थ्यो तबसम्म यो निस्कन्छ कि भन्ने एउटा धमिलो आशा थियो, तर २६ जनवरी, सन् १९५५ मा उहाँ दिवङ्गत भएपछि त्यो प्राशा पनि हराएर गयो। छापिदै गरेको, विज्ञापन पनि भइसकेको बिजुली कसरी फेरि प्रकाशित भएन ? यस विषयमा भारतीका सम्पादक पारसमणि प्रधानलाई उहाँको जीवनकालमै हामीले प्रश्न गर्दा उहाँले हामीलाई'बिजुली एक-एक अङ्कको लागि रूपनारायण सिंहले लेख्दै दिनुहुन्थ्यो, जति अङ्कमा दिनुभयो का दिन बन्द गरे- छापिन'- भन्नुभएको थियो। तर एउटा यस्तो मोडमा पुगेर बिजुली हराएकी छिन्- यसको कथा-वस्तु, लेखनको पृष्ठभूमि इत्यादि केलाएर हेर्दा प्रधानज्युको उपर्युक्त स्पष्टीकरणमा हामीलाई सन्देह लाग्छ । यस्तो शङ्का अन्य लेखकहरूले पनि कतै-कतै उठाएका छन्[३] । यसले बिजुली उपन्यास लेख्नुअघिको पृष्ठभूमिसाथै कुन कथावस्तुमा यो उपन्यास उहाँले लेखन थाल्नुभएको थियो- अब यसको केही जानकारी लेनौं, अनि त्यसको चर्चा गरौं।

समालोचक रामकृष्ण शर्मा सन् १९४८ मा वकालत पास गरेर दार्जीलिङ आउँदा रूपनारायण सिंहले साहित्य र वकालत दुर्गमा प्रसिद्धि प्राप्त गरिसक्नु भएको थियो । वकालतको नियमानुसार अदालतमा अभ्याग गर्न पधि पापना अग्रज मनाक वकीलको अधीनमा रहा कार्य गर्न पर्ने हुनाले रामकृष्ण शर्माल पनि रूपनारायण सिंहको अधीनमा रही वकालत अभ्यास शुरू गर्नुभयो। वकालती जिरह र कानून का पट्टाइ लाग्ने विवादपति दुवैबीच पहिलकाही रसिलो साहित्यिक चर्चा पनि हुने गर्यो । यस्तै चर्चा भएको वेला एकदिन रामकृष्ण शर्मालाई रूपनारायण सिंहले भन्नुभएछ- 'शर्माज्यू ! नेपालीमा एउटा नारीपात्र-प्रधान उपन्यास लेख्ने विचार गरेको थिएँ, सम्भव नहुने रहेछ ।'

रामकृष्ण शर्माले भन्नभएछ- 'नेपाली-साहित्यका पाठकहरूमा भ्रमरले गर्दा तपाई का छवि धेरै राम्रो भएको छ । अर्को उपन्यास लेख्नुभए बेश हुने थियो- नारीपात्र-प्रधान उपन्यास लेख्नु कसरी सम्भव भएन ?'

रूपनारायण सिंहले आफ्नो लाचारी व्यक्त गर्नु भयो- 'खोइ, आजका नेपाली नारीहरू घरगृहस्थीम सीमित छन्, बाहिर कुनै क्षेत्रमा अग्रगण्य भई नेतृत्व लिएर चचित भएका नेपाली नारी मैले कतै देखिनँ !'

शर्माज्यूले भन्नुभएछ- 'खोजी लागे जति पनि पाइन्छ- डब्लु. ए. सी. लाई लिएर लेख्नुहोस् न ।'

रूपनारायण सिंहज्यूले एकछिन विचार गरेर खुशी हुँदै भन्नुभएछ– 'हो, तपाई ले ठीक भन्नुभयो- डब्लु. ए. सी. मा भर्ना भएर गएका नेपाली नारीलाई प्रमुख पात्री बनाएर यस्तो उपन्यास लेख्न सकिन्छ, तर यस विषयका सामग्रीहरू मसित छैनन् ।'

रामकृष्ण शर्माले जवाफ दिनुभएछ- 'लौ, तपाई उपन्यास लेख्ने तयारी गर्नुहोस्यस विषयका पेपरक टिङहरू मसित प्रशस्त छन् । यसपाला कालिम्पोड घर गएको वेला पठाइदिउँला।'

त्यसदिन दुई साहित्यिकहरूमाझ यो चर्चा यहीं शेष भयो । कालिम्पोङ गएर रामकृष्ण शर्माले यस प्रसङ्गलाई बिर्सनुभयो । तर रूपनारायण सिंहको मनगा उस्लु. ए. गी. को कुराले जरा गाडिसकेको थियो । उहाँले दार्जीलिङबाट कालिम्पोङ शर्माज्यूलाई एउटा पत्र लेखी डब्लु. ए. सी. सम्बन्धी कागजपत्रको माग गर्दै उपन्यास लेख्न तयारी गरेको कुराको उल्लेख गर्न भागको थियो।

त्यसपछि शर्माज्यूले डब्लु. ए. सी. का पेपर-कटिङ सिंहज्यूलाई दार्जीलिङ पठाइदिनभयो र यसै कथावस्तुमा उपन्यास लेखियो । यो कुरा बिजुलीको प्रसङ्गमा आफ्नो जीवनका स्व. रामकृष्ण शर्माज्यूले लेखकलाई सुनाउनुभएको थियो ।

यहाँ डब्लु. ए. सी. को चर्चा उठेको हुनाले यसबारे केही जानकारी दिनु आवश्यक सम्झन्छु । ब्रिटिश भारतमा दोस्रो महायुद्धकालमा महिलाहरूलाई पनि भर्ना गरी मना पठाइन्थ्यो । महिलाहरूको यस भर्नालाई डब्लु. ए. सी. भन्दथे। दार्जीलिङबाट पानी नेपाली युवतीहरू यसमा भर्ना भएर गएका थिए । यसरी भर्ना भएर जानवर नराम्रो चर्चा उठेको थियो । दार्जीलिङका तिनताकका प्रमुख राजनीतिक नेता स्व. डम्बरसिंह गुरुङ लगायत धेरै सामाजिक कार्यकर्ताहरूले यस्ता युवतीहरू सङग्रेजी फौजको मनोरञ्जनको लागि पठाइएका हुन् भनेर यसको जोरदार विरोध गरेका थिए । यसको विरोधको पक्षमा बनारसबाट निस्कने पत्रिका उदयले निक्कै महत्त्वपूर्ण भूमिका लिएको थियो । तर अहिले हामी यो विवादास्पद विषयतर्फ नजानौं। यी युवतीहरूलाई दार्जीलिङबाट भर्ना गरेर पठाउने मुख्य अभिभारा पारसमणि प्रधानको थियो । यसैले उहाँलाई यसको निम्ति 'ह्याट्रो' (HTRO) अनरेरी टेक्निकल रिक्रुटिङ अफिसरको पद दिइएको थियो। त्यसवेला यसको निम्ति उहाँले प्रबल जनविरोधको सामना गर्नु परेको थियो। उदयमा यस विषयमा अनेकौं टीका-टिप्पणी छापिए । यति मात्र होइन, यो कुरा तात्कालिक ब्रिटिश सरकारको माथिल्लो तहसम्म पुग्यो (कसरी पुग्यो त्यसको बेग्लै कथा छ) । यूद्धको वेला सामरिक कार्यमा बाधा दिएको अभियोगमा त्यस वेलाका विधानसभाका सदस्य डम्बरसिंह गुरुङलाई समेत स्पष्टीकरण मागियो। उहाँ चलाखीसाथ कतिपय स्पष्टीकरण दिएर उम्कनुभयो। तर पारसमणि प्रधानले सेनामा युवतीहरू भर्ना गरेर पठाएको कुरालाई समाजले कत्ति पनि मान्यता दिएन । वर्षी चर्चामा रहेर यो विषय हरायो। डब्लु. ए. सी. को प्रसङ्गले पारसमणि प्रधानको मर्यादा बढाएन, बरु घटायो । यो कुरा स्वयम् उहाँलाई पनि थाहा थियो। यसैले हामीलाई लाग्छ'बिजुली डब्लु. ए. सी. तिर लागेर बेपत्ता भएकी त होइनन् ? उपन्यासका पछिल्ला अंशहरूमा बिजुली डब्लु. ए. सी. बाट फर्केर आई आफ्नो अनुभव सुनाउन लागेकी त थिइनन् ! त्यतातिर लागेर बिजुली भ्रष्ट त भइनन् ?' इत्यादि कुराहरूले हामीलाई लाग्छ- बिजुलीको प्रकाशन अचानक रोकिनुमा अवश्य कुनै रहस्य छ । उपन्यास एक-एक किस्ता लेखेर लेखकले दिने गरेको पारसमणि प्रधानको स्पष्टीकरणलाई मानिलिने हो भने पनि भारती अक्टोबर सन १६४६ को अङ्कमा यो अन्तिम किस्ता छापिएर लगत्तं नोभेम्बर, सन् १९४६ को अङ्कमा बिजुली अब पुस्तकाकारमा प्रकाशित हुनेछ' भन्ने विज्ञापन कसरी प्रकाशित भयो? अझ मणि प्रिन्टिङ प्रेस दार्जीलिङले भारती दिसम्बर, सन् १९४६ को अङ्कमा बिजुली सामाजिक मौलिक उपन्यास परिमाजित भाषा सुपाठ्य शैली (छापिदै छ)' भन्ने अर्को विज्ञापन दिइएको छ। पुस्तकको पाण्डुलिपि नै नपाई कुनै प्रकाशकले यस्तो विज्ञापन कहिल्यै दिदैन । यो सबै रूपनारायण सिंहकै जीवनकालमा भएको हो। स्वयम् उहाँले पनि आफ्नो पाण्डुलिपि प्रेसमा नगई दिइएको यस्तो विज्ञापन अवश्य नरुचाउनुपर्ने हो ! .

ह्याट्रोको हैसियतमा पारसमणि प्रधानले डब्लु. ए. सी. कुनै नराम्रो कामको निम्ति होइन भनेर वारंवार प्रचार गरिसकेका थिए । आफ्ना विरोधीहरूलाई डब्लु. ए. सी. को पक्षमा प्रशस्त जवाब दिइसकेका थिए । यसरी कतिपय प्रतिष्ठित घरानाका चेलीबेटीहरू पनि यसमा भर्ना गराउन उनी सफल भइसकेका थिए । रूपनारायण सिंहले डब्ल ए सीकर विरोध गर्ने बिजुलीलाई माध्यम बनाएका त होइनन् ? हामी अहिले डब्लू. ए. सी रामोशी कि नराम्रो थियो यस विवादमा पनि जान चाहँदैनौं । तर यो एउटा कुरा स्पष्ट छ- पारसमणि प्रधान यो अप्रिय प्रसङ्गलाई कुनै पनि रूपमा दोहो-याउन चाहनुहुँदैनथ्यो, अनि यस कथा. वस्तुमा यो उपन्यास लेखिएको भए हराउन लागेको यो प्रसङ्ग अझ उदाङ्गो भएर आज सबैको अघि आउने थियो । यसैले आफ्नो कथावस्तुले गर्दा नै बिजुली हराएकी हुन् कि भन्ने हामीलाई शङ्का लाग्छ । आजसम्मका जम्मै कुरा बिर्सेर पनि हामीले यसको खोजी गर्नुपर्छ- नेपालीसाहित्यको कोहेनूर' यो बिजुली कोसित छ ? रूपनारायण सिंहका समकालीन साथीहरू अझै धेरै छन्- कोही क्लब जाँदाका साथी होलान्, कोही वकालत गर्दाका कोर्ट-कचहरीका बन्धुहरू होलान् । कति राजनीति गर्दाका मित्रहरू होलान् । उनीहरूमध्ये कसैले पनि बिजुलीबारे केही मनेका भए भनिदिनु- लेखिदिनुप-यो । अब त भारत स्वतन्त्र भएकोले अङग्रेजी सेना पनि हरायो- दुलू. ए. सी. पनि हरायो। उमेरले केही बूढी नै भए पनि बिजुलीमा बल-बैंश ग्रह केही त हुनुपर्ने- उनी ४४ वर्ष पुगेकी छिन् ।

मन प्रसगुलेली लिएर टप्पटप ऐसेलु झार्दै खित्का छोड्ने दरिद्र धने मगरकी छोरी वनकन्या बिजुलीलाई सधै सम्झन्छु, अनि मनमनं विचार गर्छ- कहाँ होलिन् ती बिजुली ?

यो पनि पढ्नुहोस् : बिजुली-बारे ......... प्रा. डा. दिवाकर प्रधान


[१] १९६२  दाजिलिङक्षेत्रमा नेपाली-साहित्यको पृष्ठभमि र जन्म - मदन स्मारक व्याख्यान माल

[२] रूपनारायण सिंहको लेखनकला- दियालो ३/१० अप्रेल

[३] रूपनारायण सिंहको अधुरो उपन्यास- जगतनारायण प्रधान, दियालो पूर्णाङ्क १०० 

(सौजन्य – समकालीन साहित्य, पूर्णाङ्क १३, माघ-फागुन-चैत २०५०)


No comments:

Post a Comment

Post Bottom Ad