बिजुलीबारे... - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 13, 2020

बिजुलीबारे...

साहित्य / खोजबिन ___________________________________ प्रा. डा. दिवाकर प्रधान

(नोट - नेपाली साहित्यमा रूपनारायण सिंह-को अधुरो उपन्यास ‘बिजुली’-को चर्चा हामीले सुनेका छौँ। त्यसैको सन्दर्भमा सम्बन्धि साहित्यकार नरबहादुर दाहाल-ले लेख्नु भएका लेखको प्रतिक्रिया स्वरूप प्रा. डा. दिवाकार प्रधानले लेखेका लेख यहाँ प्रकाशित गरिएको छ – सम्पादक )

समकालीन साहित्य, पूर्णाङ्क १३, माघ-फागुन-चैत २०५०, मा प्रकाशित नरबहादुर दाहालज्यूको लेख बिजुली साँच्चै हराइन् ? पढेर रूपनारायण सिंहद्वारा लिखित अपूर्ण उपन्यास बिजुलीबारे वास्तविक तथ्यको तलतल लाग्यो। मनमनै कुरा खेल्यो । लेखक दाहाल महोदयले बिजुली छापिँदै गरेको पत्रिका भारतीका सम्पादक पारसमणि भानमाथि बिजुलीको अपूर्णताको दोषारोपण गरेका रहेछन्। फेरि कुरा खेल्यो- साँच्चै पारसमणि महोदय दोषी थिए ?

भारती वर्ष १ का सङ्ख्या २ देखि ५ सम्म प्रकाशित बिजुलीका अपूर्ण धारावाहिक पढें । त्यो अपूर्ण रहेको सत्य हो तर अपूर्ण रहनुमा पारसमणि महोदयकै दोष थियो त ? यसबारे मेरो अन्वेषणको आधारमा सत्य तथ्य अघि सार्न चाहन्छु ।

दाहालज्यूको भनाइ छ- रूपनारायण सिंहको यो अपूर्ण उपन्यास भारती (पहिलो वर्षको सङ्ख्या २ देखि सङ्ख्या ५ सम्म). मा क्रमशः छापिँदै गयो । उहाँले यो उपन्यास लेखिसकेर छाप्न दिनुभएको थियो कि एक-एक अङ्कको लागि लेख्दै हुनुहुन्थ्यो, यो आज शोधको विषय भएको छ ।

मेरो शोधअनुसार उपन्यासकार रूपनारायणले एकैचोटि सम्पूर्ण उपन्यास लेखिसकेर धारावाहिक छाप्न दिएको थाहा लाग्दैन । उहाँले एक-एक टुक्रा लेख्दै छाप्न दिनुहुन्थ्यो । यसबारे सही प्रमाण यसप्रकार छन् –

साहित्यकार रूपनारायण सिंह भारतीका वर्ष १ सङ्ख्या १ देखि वर्ष ६ सङ्ख्या ७ सम्म जम्मा ६७ अङ्गका प्रधान सम्पादक रहनुभएको भए तापनि उहाँले भारतीको निम्ति कुल २२ (बाइस) वटा मात्र सम्पादकीय प्रधान सम्पादकको पृष्ठ' लेख्नुभएको थियो । २६ जनवरी सन् १९५५ को दिन उहाँको निधन भएपछि भारती, वर्ष १, सङ्ख्या ८-९, फरवरी-मार्च १९५५ मा स्वर्गवासी रूपनारायण सिंह अङ्क निस्क्यो । उक्त अङ्कमा अगमसिंह

महादयको लेख पाइन्छ- रूपनारायण सिंह (एउटा छोटो अध्ययन)। उक्त लेखको एउटा उपशीर्षक 'बिजुली' पुरा उपन्यास) पूर्ण गर्ने दढ अठोटमा निम्नलिखित करा लेखिएको पाइन्छ :

लथालिङ्ग भइरहेको लेखौट पूरा गर्नलाई उही

रूपनारायण सिंहले यो अधरो उपन्यास पूरा गर्नको निम्ति अवकाश पाउनुभएन, अधकल्चो भएर २६का लेखोट पूरा गर्नलाई उहाँलाई सबैले कर लाएको भए शायद 'बिजुली' अपूरो रहने रहरूले 'बिजुली' पूरा गर्ने अनुरोध उहाँलाई गरे-गरेनन् हामीलाई थाहा छैन ।

"तर दार्जीलिङका नवोदित साहित्यकारहरूले 'नेपाली कथा-साहित्यमाथि एक दृष्टिकोण' शीर्ष विचार विनिमय गर्नलाई सिंहज्यको अध्यक्षतामा आयोजना गरेको (ता.१९ सप्टेम्बर १९५४) एउट (Study Circle) मा रूपनारायणजीको साहित्यिक मौनताप्रति हार्दिक खेद प्रकट गर्दै 'बिजली पुरा गर्ने अनुरोध गरे।

“.....................................

“..................................

उक्त गोष्ठीका केही दिनपछि मणि प्रिन्टिङ प्रेसबाट 'बिजुली'-को पुरानो फाइल उहाँले घरमा लिएर जानुभयो- युवकहरूका अनुनय लत्याउन नसकेर ।

"त्यसपछि रूपनारायण सिंहले बिजुलीको दोस्रो अध्यायको तेस्रो भाग लेखी सिध्याउनुभयो- जा अदालतको अत्यन्तै रोमाञ्चकारी दृश्यको समावेश भएको छ भन्ने पत्ता लागेको छ । तर चारैतिरका कार्यबाट अवकाश प्राप्त नहुँदा उहाँले उपन्यासका अरू अंश लेख्न सक्नुभएन । अन्त्यमा दार्जीलिङ शहरको व्यस्त जीवनदेखि अलग्ग, बस्तीको एकान्तमा दुई-चार महीना बसेर 'बिजुली' पूरा गरिछाड्ने उहाँले आखिरी विचार राख्नुभएको थियो भन्ने कुरा परिवारबाट सुन्दा, अनि सिंहज्यूको असामयिक र अप्रत्याशित मृत्यु सम्झदा कन साहित्यप्रेमीको हृदयमा ठूलो आघात नपर्ला ।"

(भारती, ६/८-९, पृ. ३१३-३१४)

यसका साथै त्यही अङ्कमा दार्जीलिङका तरुण साहित्यिक वर्गद्वारा स्वर्गीय श्री रूपनारायण सिंहप्रति श्रद्धाञ्जलि शीर्षक पृष्ठमा प्रकाशित यस उद्धरणले उपन्यासकारद्वारा बिजुली सम्पूर्ण लेखी नसिद्धिएको तथ्य थाहा लाग्दछ :

"श्री रूपनारायण सिंहको उच्चकोटिको सामाजिक उपन्यास भ्रमरपछि नेपाली साहित्यलाई बिजुलीको नूतन प्रकाशले झलमल्ल पार्ला भन्ने हाम्रो आशा केवल आशा नै रह्यो। सिंहजीको अध्यक्षतामा ता. १९ सेप्टेम्बर सन् १९५४ मा आयोजना गरिएको अध्ययन-मण्डलीमा हामीले उहाँको साहित्यिक मौनताप्रति दुःख प्रकट गरेका थियौँ- यसपछि उहाँले बिजुली पूरा गर्नलाई दोस्रो चेष्टा गर्नुभयो, तर नेपाली साहित्यको दुर्भाग्य भनौँ उपन्यास पूरा नहुँदै उहाँको जीवनको अवधि पूरा भयो।

(भारती, ६/८-९, पृ. ३५१)

लेखका लेखक नरबहादुर दाहालज्यू स्वयंले पनि भारतीका सम्पादक पारसमणि प्रधानज्यूबाट बिजुली उपन्यासको अपूर्णताबारे स्पष्टीकरण पाइसकेको उल्लेख गरेका छन् :

यस विषयमा भारतीका सम्पादक पारसमणि प्रधानलाई उहाँको जीवनकालमै हामीले प्रश्न गमा उहाँले हामीलाई बिजुली एक-एक अङ्कको लागि रूपनारायण सिंहले लेख्दै दिनुहुन्थ्यो, जति अङ्कमा दिनुभयो छापैं, दिन बन्द गरे- छापिनँ'- भन्नुभएको थियो ।

(समकालीन साहित्य, उही, पृ. ६०)

उपर्युक्त तीन तथ्यले बिजुलीको पाण्डुलिपि तयारी भएको थिएन भन्ने कुरो पुष्टि गर्दछ । भारती वर्ष १ सङ्ख्या ६ मा बिजुली अब उपन्यासको रूपमा पुस्तकाकारमा प्रकाशित हुनेछ। -प्रकाशक" (पृ. =) भन्ने विज्ञापन दिए तापनि लेखकले नै उपन्यासको पूर्ण भाग लेखिसिध्याएनन् भने प्रकाशक आफैल थपेर पूरा गरिदिने कुरा आउन । उपन्यास पूरा नभएका हुनाले पुस्तकाकारमा नछापिएको कुरा स्वतः प्रमाणित हुँदछ।

दाहालज्यूले उक्त लेखमा सन् १९४८ मा समालोचक रामकृष्ण शर्माले वकालतको अध्ययन पूरा दार्जीलिङ आएपछि अग्रज रूपनारायण सिंहको अधीनस्थ रही वकालती अभ्यास थालेको र ती दुईबीच दित्यिक चर्चा पनि हुने गरेको उल्लेख गरेका छन् । यसै सन्दर्भमा एउटा नयाँ उपन्यास लेख्नेबारे विषयबन गर्न रूपनारायणले रामकृष्णलाई सोद्धा रामकृष्णले डब्ल्यू. ए. सी. मा भर्ना भई गएकी नेपाली नीबारे लेख्ने सल्लाहका साथै पछि डब्ल्यू. ए. सी. सँग सम्बन्धित पेपर-कटिङसमेत दिएको हुनाले यसैबारे रूपनारायणले बिजुली उपन्यास लेखेको उल्लेख गरेका छन्।

दाहालज्यूको लेखनीअनुसार डब्ल्यू. ए. सी. मा भर्ना भएर गएका युवतीहरूबारे नराम्रो चर्चा उठेको थियो: डब्ल्यू. ए. सी. मा भर्ना गराउने व्यक्ति 'ह्याट्रो' पदमा नियुक्त पारसमणि प्रधान थिए । यसरी डब्ल्यू. ए सी. मा भर्ना हुनु नै नेपाली नारीको दुर्भाग्य भएको चर्चा गर्दै ह्याट्रो भएका नेपाली समाजका प्रतिष्ठित साहित्यकार र शिक्षाविद् पारसमणि महोदयलाई उक्त कुकार्यका हेतु-पुरुषको रूपमा चित्रण गरेका छन्। लेखक दाहालज्यूको भनाइमा यसरी प्रतिष्ठित घरानाका चेलीबेटीहरू पनि यसमा भर्ना गराउन उनी सफल भइसकेका थिए । रूपनारायण सिंहले डब्ल्यू. ए. सी. को विरोध गर्न बिजुलीलाई माध्यम बनाएका त होइनन् ?..... पारसमणि प्रधान यो अप्रिय प्रसङ्गलाई कुनै पनि रूपमा दोहोऱ्याउन चाहनुहुँदैनथ्यो, अनि यसै कथावस्तुमा यो उपन्यास लेखिएको भए हराउन लागेको यो प्रसङ्ग अझ उदाङ्गो भएर आज सबैको अघि आउने थियो।"

यस भनाइले तत्कालीन डब्ल्यू. ए. सी. बारे जान्ने इच्छाले खोजी गर्ने क्रममा १९४५ मा प्रकाशित डब्ल्यू. ए. सी. आई. (वकाइ)-को इस्टर्न कमान्डबाट प्रकाशित प्रचार-पुस्तिका WOMEN'S AUXILIARY CORPS (INDIA) AND THE OPPORTUNITIES IN SIGNALS FOR HILL WOMEN : 1945 फेला पारें । उक्त पुस्तिकामा वकाइसम्बन्धी प्रशस्त. बँदा फेला परे । ती बुँदाअनुसार :

१) तत्कालीन बङ्गाल सरकारको शिक्षा विभागमा कार्यरत धेरै शिक्षकहरूलाई DPI ले नै WACI का HATRO (Honorary Assistant Technical Officer) पदमा नियुक्त हुन अनुमति दिन्थे। पारसमणि प्रधान पनि DPI द्वारा स्वीकृति दिइएका एकजना HATRO हुनुहुन्थ्यो।

२) WACI मा नारीहरूलाई भर्ना गराउनमा Male HATRO को हात हुँदैनथ्यो।

३) Male HATRO ले WACI का केन्द्रहरूतिर गई भर्ना भइसकेका नारी कर्मचारीलाई उनीहरूले नुपर्ने दायित्वबारे वक्तृता दिनुपर्दथ्यो । यसै क्रममा अरू भारतीय भाषासरह नेपालीमा पनि वक्तता दिने बकाइका अङ्ग्रेजी वा बङ्गला भाषामा छापिएका पर्चा वा पुस्तकादिलाई नेपालीमा अनुवाद गर्नुपर्दथ्यो।

४) वकाइको माध्यमबाट दोस्रो महायुद्धकालमा अङ्ग्रेजको पक्षमा शिक्षित नारीहरूले स्टेनोग्राफी नाका, वायरलेस्, डाक-तार, नर्सिङ, ड्राइभिङ आदिमा काम गर्नुपर्दथ्यो।

५) वकाइमा भर्ना गराउने दायित्व परिपक्व महिलाहरूलाई नै दिइएको थियो । यसै का लडबाट वकाइमा महिलाहरूलाई भर्ना गराउने दायित्व पनि तत्कालीन प्रतिष्ठित परिपक्व महिलाहरूकै थियो। पुस्तिकामा दार्जीलिङका त्यस कामका लागि नियुक्त दुई महिलाहरूका तस्वीर पनि प्रकाशित छन् । उनीहरूलाई सघाउने स्थानीय स्कूलका गुरुआमाहरू पनि हुन्थे।

उक्त पुस्तिकामा वकाइ-भर्नाको विधि पनि निश्चित गरिएको पाइन्छ :

"भर्ति हुन भन्दा पहिले रिक्रूटहरूले तल लेखेका कागजहरू पेस गर्नपर्छ :

(क) आमाबाबु वा अभिभावक (गार्जियन) को मञ्जुरी-पत्र ।

(ख) उमेरको प्रमाण-पत्र (रिक्रूट १७ वर्षदेखि उँभोको हुनुपर्छ) ।

(ग) मेडिकल सर्टिफिकेट ।

(घ) घरखर्च पठाउने र डाकघरमा रुपियाँ राख्ने मञ्जुरी-पत्र ।

(ङ) चालचलनको सर्टिफिकेट ।"

उक्त पुस्तिकामा एकपट्टि माथिका मस्यौदाका अङ्ग्रेजी लेखौट पनि छ । नेपालीमा अनुवादा चाहिँ पारसमणि प्रधानद्वारा नै हो भन्ने थाहा लाग्दछ किनभने सन् १९४५ सम्म उहाँ नेपाली पाठ्यप सफल लेखक तथा अनुवादक सिद्ध भइसक्नुभएको थियो। यसै हुनाले यस काममा DPI बाट उहाँले HATRO पदका निम्ति अनुमति पाएको हुनुपर्छ।

भर्नाका नियमावली पढ्दा जोसुकैले चाहनेबित्तिकै भर्ना पाइहाल्ने बुझिंदैन । अङ्ग्रेजको पालामा निर्देशित नियमको उल्लङ्घन गरी पारसमणि प्रधानले उहाँको इच्छानुरूप भर्ना गरी महिलाहरूलाई वकाइमा पठाउनुहुन्थ्यो भन्ने दाहालज्यूको अनुमान कपोलकल्पित सिद्ध हुँदछ।

यसका साथै दाहालज्यूको निराधार लेखमा निम्नलिखित भ्रामक तथ्य फेला पर्दछन् :

१) रूपनारायण सिंहद्वारा लिखित अपूर्ण उपन्यास बिजुलीकी नायिका बिजुलीलाई गाउँले कन्याको रूपमा चित्रित गरिएको छ । ऐंसेलु झार्ने कृषिबाला, धने मगरकी छोरी बिजुली कसरी वकाइमा भर्ना हुनसक्छे ? वकाइमा रिक्रूट हुने योग्यता कृषिबाला बिजुलीमा पुग्दैन ।

२) दाहालज्यूले उल्लेख गरेअनुसार उनले साक्षात् बिजुलीलाई चिन्छन् र उमेरसम्म ठोकेर भन्छन् : उमेरले केही बूढी नै भए पनि बिजुलीमा बल-बैंस अझै केही त हुनुपर्ने- उनी ४४ वर्ष पुगेकी छिन् ।” (समकालीन साहित्य, उही पृ. ६३) दाहालज्यूले यो कुरो भनेका हुन् सन् १९९४ (वि. सं. २०५०) मा प्रकाशित उनको उक्त लेखमा । अर्थात् सन् १९९४ मा ४४ वर्ष पुगेकी बिजुलीको जन्म-साल ठहर्छ सन् १९५० । भारतीमा रूपनारायण सिंहज्यूको बिजुली छापिँदा दाहालज्यूकी बिजुलीको जन्म भएकै थिएन । बिजुलीका लिखित अंश भारती वर्ष १ सङ्ख्या २ देखि लगातार ५ सम्म अर्थात् जुलाई १९४९ देखि अक्टोबर १९४९ का जम्मा ४ अङ्कमा छापिएका हुन् । दाहालज्यूकी दुष्चरित्रा नजन्मेकी बिजुलीलाई पारसमणि प्रधानले कसरी सन् १९४५ मा वकाइ भर्ती पठाउनुभयो ? सन् १९४९ मा मात्र जन्मेकी र सन् १९६६ मा १७ वर्ष पुगेर वकाइयोग्य उमेरकी हुने दाहालज्यूकी पात्रा सन् १९४५ मै उपन्यासकी नायिका कसरी बन्नपुगी ?

उपर्युक्त तथ्यहरूलाई आधार बनाएर बुझ्दा निम्नलिखित निष्कर्षमा पुगिन्छ :

(क) उपन्यासकार रूपनारायण सिंहले बिजुली पूरा लेखिसक्नुभएको थिएन ।

(ख) वकाइ-प्रसङ्ग र बिजुली उपन्यास सम्पर्कित विषय नै होइनन् ।

(ग) वकाइ-भर्नामा पारसमणि प्रधानको हात थिएन । उहाँ वकाइका अनुवादक र वक्तृताकार हुनुहुन्थ्यो ।

(घ) अप्रासङ्गिक र निराधार लेख लेखेर नरबहादुर दाहालज्यूले मरेका बाघको सुँघा उखेल्ने गरेका छन्।

 

(सौजन्य – समकालीन साहित्य, वर्ष ६ , अङ्क ३ , पूर्णाङ्क २३, सावन, भदौ, असोज २०५३)

बिजुली-बारे नरबहादुर दाहालको लेख पढ्नुहोस् : 'बिजुली साँच्चै हराइन् ?

No comments:

Post a Comment

Post Bottom Ad